logo
  • २०८३ बैशाख ६, आईतवार | Sun, 19 Apr 2026
  • नेपाल संवतले असमानताको खाडल पुर्ने प्रेरणा प्रदान गरोस् : प्रधानमन्त्री ओली

    • निगरानी
    • २०७६ कार्तिक १२, मंगलवार ०१:५५ गते
    नेपाल संवतले असमानताको खाडल पुर्ने प्रेरणा प्रदान गरोस् : प्रधानमन्त्री ओली

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत्ले नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन् ।

    नेपाल संवत् ११४० को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

    उनले सन्देशमा नेपाल संवत् मौलिक संवत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट शुरु गरिएको उल्लेख गरिएको छ ।

    प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “नेपाल संवत्ले हामीलाई परोपकारतर्फ प्रेरित गरोस्, उज्यालो तर्फ जान प्रेरित गरोस् र यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस् ।”

    नेपाल संवत्का प्रवर्तक शङ्खधर शाख्वाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उनको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गरिएको सन्देशमा उल्लेख गरेका छन् ।

    शङ्खधर शाख्वाले गरीबहरुको ऋण मोचन गरिदिएको खुशियालीमा यो संवत् शुरु गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्,  “यसको शुरुवात जसरी विपन्नताविरुद्ध वर्गीय खाडललाई पुर्ने अभिप्रायबाट भएको हो, त्यही अभिप्रायलाई पछ्याउँदै हामीलाई विपन्नता र गरीबी विरुद्ध लड्न नेपाल संवत्को नयाँ वर्षले मद्दत पु¥याओस ।”

    “हामी कहाँ भएको असमानताको खाडल पुर्न र एकतालाई मजबुत पार्न मद्दत पु¥याओस् । म सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, प्रधानमन्त्री ओलीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।



    निगरानी    
  • २०७६ कार्तिक १२, मंगलवार ०१:५५ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP