logo
  • २०८३ जेष्ठ १७, आईतवार | Sun, 31 May 2026
  • प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

    प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

    काठमाडौं ः प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद बैठक राखेर ओलीले संसद विघटन गर्न सिफारिस गरेका हुन्।

    ओलीको यो असंवैधानिक कदमले मुलुकलाई अस्थिरता र द्वन्द्वतिर धकेलिएको भन्दै नेताहरुले चिन्ता व्यक्त गरेका छन्।

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भित्रको झगडा मिलाउन शीर्ष नेताहरुबीचको शनिबार भेटवार्ता तीव्र बनेको थियो। शनिबार दिनभरजसो नै प्रधानमन्‍त्री तथा अध्यक्ष केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरु एकल र संयुक्त भेटवार्तामा व्यस्त रहेका थिए।



    निगरानी    
  • २०७७ पुष ५, आईतवार ०५:४२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP