नेपाली चिया निर्यातमा भारतकाे अवराेध

नेपाली चिया निर्यातमा भारतकाे अवराेध

इलाम :  नेपाली चिया निर्मायातमा भारतले अबराेध गरेकाे छ। भारतकाे अवराेध पछि समस्या समाधानका लागि पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्रमन्त्रालयलाई पत्र काटेको छ । 

अहिले भारतले चिया निर्यातमा अवरोध गरेको कारण भन्सार नाकामा चिया रोकिएको केन्द्रिय चिया सहकारी संघका महासचिव रविन राईले जानकारी दिए ।

‘नेपालबाट विगतदेखि भारततर्फ निकासी हुँदै आएको नेपालमा उत्पादिन चिया कोभिड–१९ को कारण दुवै देशमा बन्दाबन्दी गरिएको वर्तमान अवस्थामा विभिन्न वाहना देखाई भारतीय भन्सारमा रोकिएको हुँदा समस्या उत्पन्न भएको भनी राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट आवश्यक सहजीकरणको लागि अनुरोध भइ आएको छ’, पत्रमा भनिएको छ, ‘बन्दाबन्दीको विषम परिस्थितिमा अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुहरुको आयात निर्यातमा कुनै रोकावट नहुने समझदारी अनुरुप भारतबाट नेपालतर्फ भारतीय वस्तुहरु नियमित आयामत भइरहेको तर नेपालमा उत्पादिन चियाको हकमा भारततर्फको निकासीमा समस्या देखिएको बुझिन आएकोले नेपालमा उत्पादित चियाको भारतमा हुँदै आएको निकासीमा देखिएको अवरोध हटाउने व्यवस्थाका लागि त्यहाँमार्फत् भारत सरकारको सम्बन्धित निकायमा पत्राचार गरिदिने व्यवस्थाका लागि नेपाल सरकार (सचिवस्तर)को मिति २०७७/२/१ को निर्णयअनुसार अनुरोध छ।’