logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • गायक सुगम पोखरेलको दशैँ विशेष गीत सार्वजनिक

    • निगरानी
    • २०७६ आश्विन १५, बुधबार ०९:२२ गते
    गायक सुगम पोखरेलको दशैँ विशेष गीत सार्वजनिक

    काठमाडौं / गायक सुगम पोखरेल बडादशैँको अवसर पारेर नयाँ गीत बजारमा ल्याएका छन् । दशैँको रमझम झल्काउने गीतमा दशैँको रोमान्टिक माहोल देखाइएको छ ।

    सुगम पोखरेलको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको ‘शुभ दशैँ’ बोलको गीतमा सुगम पोखरेल र एन्जिला पोखरेलको आवाज सुन्न सकिन्छ । यस्तै गीतमा संगीत र शब्द गायक पोखरेलले नै दिएका छन् ।

    गीतको भिडियोलाई सतिज श्रेष्ठले निर्देशन र सम्पादन गरेका हुन् भने गीतको भिडियोमा सुगम पोखरेल, एन्जिला पोखरेल लगायतले अभिनय गरेका छन् । भिडियोमा दशैँको टीका लगाएर चंगा उठाएको र पिङ खेलेको माहोलले दर्शकलाई रमाइलो बनाउँछ ।



    निगरानी    
  • २०७६ आश्विन १५, बुधबार ०९:२२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP