बलिउड अभिनेत्रीको ठूलो खुलासा

बलिउड अभिनेत्रीको ठूलो खुलासा

मुम्बई। बलिउड अभिनेत्रीले आफू कास्टिङ काउचको शिकार भएको खुलासा गरेकी छन्। अभिनेत्री ऋचा चड्ढाले आफ्नो करियरको सुरुवातमा झण्डै झण्डै कास्टिङ काउचको शिकार भएको खुलासा गरेकी हुन्।

उनले एक व्यक्तिले आफूबाट फाइदा उठाउने कोशिश गरेको बताइन्। भारतीय संचारमाध्यमका अनुसार पहिला त्यस्त व्यक्तिलाई ऋचाले चिन्न सकिनन्। किनभने उनको उमेर कम थियो। त्यसकारण उनी झण्डै कास्टिङ काउचको शिकार भएकी थिइन्।

ऋचाका अनुसार यो घटना एक पार्टीका क्रममा भएको थियो, जहाँ एक जना अंकल (जो एक अभिनय सिकाउने कम्पनीमा काम गर्थे) सँग पुगेकी थिइन्। त्यो बेला रातिको ११ बजेको थियो। अंकल पनि कोठमा नै थिए।

‘त्यो व्यक्तिले म नजिकै आएर हामी डिनर गर्यौं भन्यो। मैले आइसकेको बताएँ। उनले फेरि हामीले डिनर गर्नुपर्छ भन्यो। मैले पनीर, दाल, दही रोटी, पापड, अचार पनि खाएँ भने। तर उसले मेरो काँधमा हात राख्दै अश्लिल लवजले त्यही कुराप्रति इशारा गरेपछि मैले कुरा बुझेँ। अनि मैले चिच्याएर अंकललाई बोलाएँ’, उनले भनिन्।

ऋचाका अनुसार फिल्म उद्योगमा स्थापित भएपछि पनि कयौं पटक यस्तो परिस्थितिका सामना गर्नु परेको थियो। यद्यपी उनी यी सबै चीज भन्दा माथि उठिसकेकी छन्। उनका अनुसार यस्तै कारणले गर्दा उनले केही प्रोजेक्टबाट हात धुनुसमेत परेको थियो।

ऋचाका अनुसार कास्टिङ निर्देशकले उनलाई फिल्ममा आफूभन्दा १३ वर्ष जेठा ऋतिक रोशनको आमा बन्न पनि भनेका थिए। जसका कारण उनी निकै रिसाएकी थिइन्। त्यसपछि उनले कहिल्यै ती कास्टिङ निर्देशकसँग काम गरिनन्।

ऋचाले आफ्ना करियरको सुरुवाती दिन सम्झिँदै भनिन्–म अन्य मानिससँग रुम शेयर गर्थेँ।’ उनलाई एउटा इनर्नशिपका क्रममा ६ हजार रुपैयाँ प्राप्त भएको थियो। जुन पैसाले उनले भाडा तिरेकी थिइन्। पैसा कमाउनका लागि उनी बी ग्रेटका फिल्मको समीक्षा लेख्थिइन्। उसरी उनी मुम्बईमा स्थापित भएकी थिइन्।