logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • नेपाल लोक स्टार’ को ग्राण्ड फिनाले आज भृकुटीमण्डपमा हुँदै

    नेपाल लोक स्टार’ को ग्राण्ड फिनाले आज भृकुटीमण्डपमा हुँदै

    काठमाण्डौ – लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को आज ग्राण्ड फिनाले हुँदैछ । आज ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाज पाउनेछ । भृकुटीमण्डपमा हुन लागेको फिनालेमा रामकुमार नेपाली (रामेछाप), शनि विश्वकर्मा (रोल्पा), चेतन गोतामे (स्याङ्जा) र बिनोद दनुवार (उदयपुर) पुग्न सफल भएका छन् ।

    अडिसनदेखि विभिन्न राउण्डहरु पार गर्दै नेपाल लोक स्टार को ग्राण्ड फिनालेमा ४ प्रतिस्पर्धी पुग्न सफल भएका हुन् ।निर्णायकको रुपमा वरिष्ठ कलाकार तथा गायक जयनन्द लामा, गायक रामजी खाँड, सुनिता दुलाल र वरिष्ठ संगीतकार बीबी अनुरागी रहेका छन् । नेपाल लोक स्टारको विजेताले ५० लाख, दोस्रोले २५ लाख, तेस्रोले १० लाख र चौथो अर्थात् सान्त्वना हुनेले ५ लाख प्राप्त गर्नेछन् ।



    निगरानी    
  • २०७६ कार्तिक ८, शुक्रबार ०७:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP