यी अभिनेत्रीलाई चाहियो इमानदार ब्वाइफ्रेन्ड

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बलिउड अभिनेत्री श्रुति हसनले आफ्नो प्रेम सम्बन्ध र विछोडबारे खुलेर कुरा गरेकी छन्। आफ्नो जीवनबारे बताउँदै उनले आफू सधैभरी साचो प्रेमको खोजिमा रहेको बताएकी छन्।हालै एक अन्तर्वार्तामा उनले आफ्नो ब्यक्तिगत जीवनको विविध आयामबारे खुलासा गरेकी हुन्। ‘तपाईंको धेरै जनासँग सम्बन्ध टुटिसकेको छ’ भन्ने प्रश्नको उनले जवाफ दिएकी छन्। उनी भन्छिन्, ‘होइन एकवल एक जनासँग।’ उनले आफ्नो प्रेम सम्बन्धमा आफूले धेरै कुरा सिकेको समेत बताएकी छन्।

साथै उनले आफू अन्त्यहिन प्रेमको खोजिमा रहेको समेत बताइन्। साथै उनले इमानदार, सेन्स अफ ह्युमर भएको, धोकेबाज नभएको केटा आफ्नो रोजाइमा पर्ने बताएकी छन्।

यो पनि पढ्नुहोस : जब हेमा मालिनीलाई रिजेक्ट गरेर निर्देशकले जयललितालाई दिएका थिए रोल

बलिउड इन्डष्ट्रिमा जबजब सुन्दर नायिकाको कुरा निस्कन्छ तब हेमा मालिनीको नाम सबैभन्दा शीर्ष स्थानमा आउँछ । हेमाले ७० को दशकमा आफ्नो अभिनय कलामार्फत् ठूलो सफलता हासिल गरिन् । यसबाहेक उनी क्लासिकल नृत्यमा पनि पोख्त थिइन् । हेमा मालिनीको जन्म अक्टोबर १६ सन् १९४८ को तमिलनाडुमा भएको थियो । उनको जन्मदिनमा उनीबारे केही रोचक जानकारी थाहा पाऔं ।

हेमा मालिनीले साउथ फिल्मबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् । आफ्नो सुरुवाती फिल्मी यात्रामा हेमा मालिनीलाई तमिल सिनेमाका निर्देशक के अम्मानकुडीले अस्विकार गरिदिएका थिए । कुरा सन् १९६४ को हो । रोचक कुरा त के छ भने फिल्ममा उनको साटो जयललितालाई भूमिका दिइएको थियो । पछि जयललिता राजनीतिमा लागिन् र यसै क्षेत्रमा निकै अघि पनि बढिन् । यस्तै हेमा मालिनी बलिउड क्षेत्रमा सबैभन्दा उत्कृष्ट नायिकाको रुपमा समावेश भइन् ।

बलिउडकी यी अभिनेत्री भरत्नाट्यमकी एक उत्कृष्ट नृत्यांगना हुन् , उनको शिक्षा–दिक्षा आन्ध्र महिला सभा, चेन्नईमा भयो । हेमा मालिनीको वाल्यकाल तमिलनाडुका विभिन्न शहरमा बिते । हेमाका पिता भि एस आर चक्रवर्ती तमिल फिल्मका निर्माता थिए ।

बलिउडको कुरा गर्ने हो भने उनले सीता और गीता, शोले, प्रेम नगर, सत्ते पे सत्ता, ड्रीम गर्ल, खुशबू र किनाराजस्ता थुप्रै फिल्ममा शानदार अभिनय गरेकी थिइन् । आफ्नो अटोबायोग्राफीमा हेमा मालिनीले उनलाई ७० का दशकका दिग्गज अभिनेता संजीव कुमार र जितेन्द्रले प्रेम प्रस्ताव राखेको खुलासा गरेकी थिइन् । तर उनको मन धर्मेन्द्रले जिते । हेमाले धर्मेन्द्रसँग सन् १९७९ मा विवाह गरेकी थिइन् ।

हेमा मालिनी आफ्नो समयकी ती सिमित नायिकामा समावेश थिइन् जसले बेली बटम्स र शर्ट लगाएर सुटिङ गरेकी थिइन् । यो कुरा निकै कमलाई थाहा छ ।साथै बलिउडमा शाहरुखको प्रवेशमा हेमा मालिनीको निकै ठूलो भूमिका रहेको कुरा पनि धेरै कमलाई थाहा छ । हेमाले शाहरुख खानको फौजी टिभी सिरियलमा काम गरेको देखेकी थिइन् र उनलाई शाहरुखको काम निकै मन परेको थियो ।

साथै हेमा मालिनी इन्डष्ट्रिकी एक्ली यस्ती नायिका हुन् जसले बलिउडको चर्चित परिवार कपुर परिवारका दुई पुस्तासँग काम गरेकी छिन् । हेमा मालिनीले राज कपुर, शम्मी कपुर, शशी कपुर, रणधीर कपुर र ऋषि कपुरसँग रोमान्स गरेकी छिन् ।अहिले हेमा मालिनी राजनीतिमा सक्रिय छिन् । उनी बिजेपी पार्टीसँग जोडिएकी छिन् र लोकसभामा मेम्बर अफ पार्लियामेन्ट पनि हुन् ।