डा.देवी क्षेत्री दुलालको ‘इलामको साहित्यिक इतिहास’ पुस्तक इलाम सदरमुकाममा विमोचन भएको छ । शुकबार इलाममा आयोजित विमोचन कार्यक्रममा साहित्यकार प्रा.डा.वद्रीविशाल पोखरेल, साहित्यकार देवी पन्थी र जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले संयुक्त रूपमा विमोचन गरेका हुन । इलामका साहित्यकार विष्णु नवीनको ८३ औ जन्मजयन्तीको अवसर पारेर पुस्तक विमोचन गरिएको हो । दुलाले लेख्नु भएको १८ औ कृति अनुसन्धानपरक साहित्यिक विधा भएको बताउनु भयो । इलामको साहित्यको इतिहास र साहित्यकारको बारेमा खोजमुलक सामाग्री पुस्तकमा रहेको छ । इलामको समग्र इतिहास लेख्ने हुटहुटी भएपनि सबैलाई एउटै पुस्तकमा लेख्दा लामो हुने भएकाले अहिले इलामको साहित्यका इतिहास प्रकाशमा ल्याएको बताउनु भयो ।
विमोचन कार्यक्रमकै अवसरमा डा दुलालले पुस्तकबारे बोल्दै इलामको पहिलो प्रकाशित कृति सन्त ज्ञानदिल दासको उदय लहरी भएको कुरा आफ्नो खोजको क्रममा भेटिएको र पुस्तकमा लेखेको बताउनु भयो । यस अघिका लेखकहरुले रहरसिंह राईको १९२४ सालको कविता ‘चरीको सवाई’लाई इलामको पहिलो मानिएको भन्दै डा.दुलालले ‘चरीको सवाई’ प्रकाशन भएको भनिएको वर्ष १९२४ लाई इतिहासकारहरुले फरक फरक लेखेको पाइएको बताउनु भयो । तर आज सम्म लेखिएका र भनिएका रहरसिंह राईको र उनको कृति ‘चरीको सवाई’ नै इलामको पहिलो स्रष्टा र सिर्जना नभएको बताउनु भयो । आफुले गरेको खोज अध्ययनमा सन्त ज्ञानदिल दासको उदय लहरी १९३४ सालमै प्रकाशित भएकाले इलामको यो पहिलो प्रकाशित सिर्जना भएको बताउनु भयो । पुस्तकमा ‘इलामका स्रष्टा र सिर्जना’ परिच्छेदमा २ सय ५५ साहित्यकारको संक्षिप्त परिचय राखिएको छ । सन्त ज्ञानदिल दासदेखि अहिलेसम्मका फुटकर सिर्जना लेख्ने साहित्यकारसमेत पुस्तकमा समेटिएको छ ।
Friday 10:34pm
प्रतिक्रिया