logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • ‘जीवन काँडा कि फूल’कार्तिक २२ देखी

    • निगरानी
    • २०७६ कार्तिक ३, आईतवार १०:४० गते
    ‘जीवन काँडा कि फूल’कार्तिक २२ देखी

    काठमाडौं। मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको आत्मकथामा आधारित फिल्म ‘जीवन काँडा कि फूल’ कार्तिक २२ गतेदेखी देशब्यापी प्रदर्शनमा आउने भएको छ।

    साहित्यकार घिमिरेले लेखेको आत्मकथा ‘जीवन काँडा कि फूल’ले २०६७ सालको मदन पुरस्कार पाएको थियो। सोही कृतिमा आधारित रहेर यो फिल्म निर्माण गरिएको हो। फिल्ममा झमक जन्मिएदेखि मदन पुरस्कार पाएसम्मको दृश्य समावेश गरिएको जनाईएको छ। झमक घिमिरेको कथा रहेको फिल्ममा मुक्ति उपाध्याय बरालको पटकथा छ।

    विनोद विष्टको निर्माण तथा निर्देशन रहेको फिल्ममा झमक सानो छँदाको भुमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भुमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन्।

    त्यस्तै झमकको बहिनीको भुमिकामा बाल कलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, वुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भुमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारले फिल्ममा अभिनय गरेका छन्।

    फिल्मको पोष्टर, गीत र ट्रेलर यसअघि सार्वजनिक भईसकेको छ।फिल्मले पुस्तकमा जस्तै पर्दामा सामाजिक सन्देश दिने निर्माण युनिटको अपेक्षा छ।



    निगरानी    
  • २०७६ कार्तिक ३, आईतवार १०:४० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP