सुमन राई र रामशोभा राईको पूर्वेली लोक गीत “माझिमा दाईले”बजारमा

काठमाडौ / पूर्वेली लोक भाकाको “माझिमा दाईले” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । वेलायतमा बस्दै आएकी गीतकार जानु काम्बाङ्ग लिम्बुको शब्द रचनामा रहेको उक्त गीतलाई वेलायतमै बस्दै आएकी अर्की गायिका रामशोभा राई र चर्चित गायक तथा संगीतकार सुमन राईको स्वरमा सार्वजनिक भएको हो ।

सार्वजनिक गीतको म्युजिक भिडियोमा, हाट बजार, मेला पातमा युवा युवतीहरु भेटेर रमाईलो गर्दै नाच गान गर्ने परम्परालाई झल्काउन खोजिएको छ । जहाँ युवाले युवतीलाई मेलामा भेटेर सोल्टिनी भन्दै जिस्किने इत्रिने देखाईएको छ ।नेपाली गीत संगीतको क्षेत्रमा निक्कै लामो समयदेखि अनवरत रुपमा लागि रहेका एक सर्जक हुन् गायक तथा संगीतकार सुमन भने गायिका रामशोभा राई पनि प्रवासी भूमिमा रहेर नेपाली गीत-संगीतलाई माया गर्ने सर्जक हुन् । आफ्नै शैलीमा नेचुरल तरिकाले रामशोभा राईले गीत गाएका छन् भने सुमन राईले पनि टिपिकल सुन्न सकियोस भनेर आफ्नो गायकीमा निक्कै प्रयास गरेका छन् ।

सार्वजनिक गीतको संगीत पनि गायक स्वयम् आफै सुमन राईले नै गरेका हुन् भने सुवास कुथुमिले रेकर्ड गोविन्द सोनीले मिक्सिङ्ग र मास्टरिङ्ग गरेका हुन् ।चर्चित मोडेल तथा कोरियोग्राफर मेघना मगरको कोरियोग्राफ रहेको गीतको म्युजिक भिडियोमा चर्चित कलाकार “फुलन्देको आमा” अर्थात उमेश राई, चर्चित मोडेल आरुषी मगरको मुख्य भूमिका रहेको छ भने अन्य दर्जनौ कलाकारहरुले साथ् दिएका छन् ।

उत्सव दाहालले छायांकन गरेको म्युजिक भिडियोलाई रामशोभा राईले नै नै निर्माण गरेकी हुन् भने गीतको म्युजिक भिडियोलाई सम्पादन र निर्देशन अनिल कुमार महर्जनले गरेका हुन् ।समग्रमा म्युजिक भिडियो निक्कै उत्कृष्ट बनेको छ ।म्युजिक भिडियो यहाँ हेर्नुहोला