कन्याम चिया बगानमा ‘एटिभि’ साहसिक यात्राको अवसर

कन्याम चिया बगानमा ‘एटिभि’ साहसिक यात्राको अवसर


सूर्योदय : इलामको सूर्योदय नगरपालिकाको कन्याममा कन्याम एडभेन्चर प्रालीले आन्तरीक र बाह्रय पर्यटकका लागि शुक्रबार देखि २ वटा चार पाङ्ग्रे वाइकमा चियाबारी घुमाउन (एटिभि राईट) शुरु गरेको छ ।
कन्याम चिया वगानका भित्री सडकमा सहजै कुदाउन मिल्ने बाईकमा यात्रा गरेर अव कन्याम आउने पर्यटकले यहाँको सौन्दर्यको थप आनन्द लिन पाउने सूर्योदय नगरपालिकाका उपमेयर दुर्गा बरालले बताए । उनले भने ‘पर्यटकीय क्षेत्रको विकासका लागि नीजि क्षेत्रसंग मिलेर अघि बढ्न नगरपालिकाले ढोका खुल्ला राखेको छ ।’
‘अब कन्याम आउने पर्यटकले परिवार सहित कन्यामलाई मज्जाले घुमेर हेर्न पाउने छन् ।’ एचआरएस एडभेञ्चरका अध्यक्ष रामप्रसाद उपाध्यायले भने । कन्याम एडभेञ्चर प्रालीको लगानी र एचआरएस एडभाञ्चरको व्यवस्थापनमा शुरु भएको ‘नयाँ सुविधा’को उद्घाटन सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राई र उपमेयर दुर्गा बरालले गरेपछि सेवा सूचारु भएको उपाध्यायले बताए ।


उपाध्यायका अनुसार कन्याममा सञ्चालन शुरु भएको सेवा उपयोग गर्नेले एक रुढमा यात्रा गर्दा आफै वाइक चलाउनेले ३ हजार पाँचयस तिर्नु पर्ने छ भने चालक बाहेक पछाडी बस्दा २ हजार पाँच सय बुझाउनु पर्ने छ । कम्पनीले एटिभि वाईक यात्राका लागी चारवटा रुट निर्माण गरेको जनाएको छ । यस अघि पर्यटकले घोडचढीबाट चिया वगानको आनन्द लिने गरेका थिए ।
उपाध्यायका अनुसार दुई वटा वाइकबाट शुरु गरिएको सेवाका लागि अहिले सम्ममा डेढ करोड लगानी भएको छ । एउटा एटिभि वाइकलाई ३५ लाख पर्ने उनले बताए । कन्याममा छिटै १५ वटा एटिभि वाईक पु¥याउने लक्ष राखेको उपाध्यायले बताए । यसका लागि आठ करोड लगानी गर्ने योजना रहेको उनले बताए । उनले कन्यामलाई लक्षित गरेर केवलकार सञ्चालन गर्ने समेतको योजना रहेको बताए । उनले भने ‘स्काइवाक, वञ्जीजम्प लगायतमा काम गर्ने तयारीमा इलाम आएका छौ ।’
यस अघि विहीबार सूर्योदय नगरपालिकाकै पशुपति नगरमा पर्यटकका लागि सूचना केन्द्र र ट्याक्सी पार्कको उद्घाटन गरिएको छ । यस अघि नै कन्याममा नीजि क्षेत्रबाट स्काई वाकको सुविधा थपीएको छ ।