लक्ष्मीपुर अथवा गायकको गाउँ

लक्ष्मीपुर अथवा गायकको गाउँ

इलामः रेडियो नेपालमा एक दशक बाँसुरी बजाएका गायक, संगितकार, बासुरी बादक बलराम समाल सूर्योदय नगरपालिका १४ लक्ष्मीपुरको सानो बर्दुमा जन्मे । त्यहीको धुलौटोमा खेल, रमाए र हुर्कै । बाध्यवादनमा गहिरो रुची थियो । त्यही रुचिले बाँसुरी बादक बनायो ।
नौ हजार बढि आधुनीक गीतमा बासुरीको धुन थपे । पाँच सय गीतमा आवाज दिए । दुई सय गीतमा संगित भरे । उनकै अभिभावकत्वमा हुर्किए भाइ जगदिस समाल । उनले बनाएको बाटोलाई टुंगोमा पुर्याउने प्रयासमा लागेका छन् लक्ष्मीपुरका नौजवानहरु ।

बलरामको लेखन, श्वर र संगितमा आएको ‘ढुङ्गाको मुटु बोकेर बाच्ने ए पापी निष्ठुरी तिम्ले त भुल्यो सजिलै मलाई म बिर्सौ कसरी ।’ गीतले कुनै समय बजार पिटेको थियो । समालका गीतमा सुगम संगितको गहिराई पाइन्छ । मनलाई कुत्कुत्याउने शब्द, संगित र स्वरको संयोजन पाइन्छ । मञ्चमा नारायण गोपालका गीतहरु गाउन रुचाउँछन् ।
जीवनमा सुख थारै धेरै उतार चढाव भोगेका बलरामका तिमी दुलही बनेर, रेशमैको पच्छ्यौरीले लगायतका चर्चीत गीतले आधुनीक संगितका पारखीको मन जितेको गीतकार होम न्यौपाने बताउँछन् । उनले संगित क्षेत्रमै तीन दशक विताएका छन् ।
बलरामका भाई जगदिस समाल २०५४ साल देखि अदाएका लक्ष्मीपुरका अर्का प्रतिभाहुन् । लहर एल्वमबाट उदाएका उनलने एक समय नेपाली आधुनीक गीतको क्षेत्रमा बक्लो उपस्थिती देखाए । छालहरु हो छालहरु आएर मलाई भिजाएर जाउ होस वा आधा उमेर निन्द्रामै वित्यो, आधा चाहि हाँस खेलैमा गर्नु के छर मर्नु छ एक दिन लानु के छ र । बोलको गीत होस सबैले बजार पिटेका छन् । अहिले अमेरीका भासिएका समालका सबै गीतहरु प्रतिस्पर्धी खालका रहेको लक्ष्मीपुरका शिव थापा बताउँछन् ।

लक्ष्मीपुर ६ गुरासेवाट गायनमा उठ्दै गरेका थिरज राई डेढ दशक देखि राजधानीमा बसेर प्रयत्न गरिरहेका छन् । उनले पछिल्लो समयमा ‘निमन्त्रणा’ लगायतका एल्वम बजारमा ल्याए । उनीपनि स्वदेश र विदेशका मञ्चहरुमा निक्कै छाउन थालेका छन् ।
‘अघि–पछि’ २०६४ र ‘कलियुग’ २०६८ पछि संगीत साधनमा क्रियाशील उनको तेस्रो एल्बम ‘निमन्त्रणा’ बजारमा छ । यो एल्बमको विमोचन इलाम समाज हङकङको आयोजनामा हङकङमै भएको थियो । उत्पादक तथा बजार व्यवस्थापक डीआर म्युजिक सेन्टर रहेको यस एल्बममा ६ वटा गीत सुन्न सकिन्छ । ‘गाँजलु आँखाले सानी’, ‘दासी बनेर जिउने रहर’, ‘तिम्रो मायामा बाँचेको’, ‘यो मन सधैं’, ‘मरे पनि हुने’ र ‘आकाश कहाँ छ’ बोलका गीत समेटिएका छन् । सचित राई, गणेश चौधरी, डीआर, सुमिक र प्रेम रिबुसाल राईका शब्द रचनामध्ये २ वटामा गणेश चौधरी अनि बाँकी गीतमा गायकले नै संगीत भरेका छन् ।
कतिपय गीतलाई दृष्यांकन गरेका उनको पहिलो एल्बमका ‘यता टाले उता फाट्छ, उता टाले यता फाट्छ’ लगायतका गीत श्रोताले रुचाएका थिए ।
लोक, आधुनिक, गजलगायत सुगम संगीत फ्लेभरकै गीत गाएका उनले २०६९ जेठमा राजधानीमा एकल प्रस्तुतिसमेत दिइसकेका छन् । उनले ६ दर्जनभन्दा बढी गीतमा स्वर, तीन सयजति भजन र सयभन्दा बढी आधुनिक गीतमा संगीत दिइसकेका छन् ।

लक्ष्मीपुरका सुरेन्द्र भट्टराई र निर्मल भट्टराई पनि आधुनीक गीत र भजनमा भविश्य खोजी रहेका छन् । एल्बम सहित बजारमा आइसकेको उनीहरुको प्रयास पनि आशलाग्दो रहेको थापा बताउँछन् । लक्ष्मीपुर चुङमाङका संगित थापा , केशब दहाल लगायतको तरुण पुस्ता समेत गायन र संगितमा उठ्ने प्रयासमा छन् । थापा भन्छन् ‘अहिले सम्म त मलिलो देखिएको छ लक्ष्मीपुर ।’