सरकारले भिटेन,दुर्गेश र पशुपतिको गीतमा किन चलायो कैँची ?

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । पछिल्लो समय चर्चित गायकहरु धमाधम पक्राउ पर्न थालेका छन । बिहिबार चर्चित रयापर भिटेन जावलाखेलबाट पक्राउ परेका छन् । दुई दिनअघि मात्र गायक दुर्गेश थापा पक्राउ परेका थिए भने केही महिना अघि गायक पशुपति शर्मा माथि समेत गित बन्देजको अबस्था समेत सिर्जना भएको थियो ।

पछिल्लो समयका चर्चित गायकहरु धमाधम पक्राउ पर्न थालेपनि जनमानसमा सरकार किन यति निर्मम भयो भन्ने प्रश्न समेत उठन सक्छ । तर भित्री पाटो चाँहि ती गायकहरुले गितमा प्रयोग गरेका शब्द अपाच्य र उच्छृंखल भएकै कारण चेतावनी स्वरुप पक्राउ गर्न थालिएको रहेछ । भिटेनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरहरूका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापा बताउँछन ।

बास्तबिक नाम समीर घिसिङ भएपनि भिटेनका नामबाट परिचित उनले ‘गरिबी ‘ गीतबाट रयाप यात्रा थालेका थिए । ‘सिमसिमे पानी ‘’ गीतबाट युट्युब ट्रेन्डिङमा छाएका उनले दर्जन बढी गीत गाइसकेका छन । यसअघि तिहारसँग सम्बन्धित विवादास्पद गीत सार्वजनिक गरेपछि गायक दुर्गेश थापा पक्राउ परेका थिए ।

अबदेखि यस्तो गीत नबनाउने प्रतिवद्धता जनाएपछि उनले छुटकारा पाएका थिए । उनले सार्वजनिक रुपमा माफी माग्न तयार भएपछि प्रहरीले रिहा गरेको थियो । दुर्गेशले गाएको गीतको म्युजिक भिडियोमा वियरका बोत्तल र वियर पिउँदै गरेको दृश्य समेत देखाइएको थियो । त्यसपछि उनको गीत र म्युजिक भिडियोको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

यसअघि तीजमा हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा गीत ल्याएर चर्चा कमाएका दुर्गेश ह्याप्पी तिहार, चिसो वियर.गीतका कारण विवादमा फस्दै पक्राउ नै परेका थिए । केही महिना अघि लोकगायक पशुपति शर्मा लुटन सके लुट भन्ने गित गाँउदा यस्तै बिवादको भुमरीमा फसेका थिए । भलै उनी पक्राउ परेनन् तरपनि पछि उनले गीत हटाए । पछिल्लो समय यस्ता गितले चर्चा पाएको बेला सरकारले यस्ता गितमा कैँची चलाउन थालेको छ ।पुर्बेली न्युज बाट साभार