इलाम साहित्य महोत्सव  सुरु

इलाम साहित्य महोत्सव   सुरु



सविता पाण्डे , इलाम चैत १६ :
इलाम साहित्य महोत्सव २०८० आजदेखी इलाममा  सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा दुई दिने ‘इलाम साहित्य महोत्सव’को आयोजना गरिएको हो ।  संचालन हुने महोत्सवको नेपाल प्रज्ञा प्रतिष्ठानका  कुलपति भुपाल राईले उद्घाटन गर्नु भयो ।  उद्गाटन संस्कृति भनेको चिन्तन प्रणाली हो भन्दै कुलपति राईले सास्कृतिक सत्ताको स्थापना नगरी देश सम्पन्न नहुने बताउनु भयो । मौलिक ज्ञान प्रणालीको सास्कृतिक सत्ता आवश्यक रहेको बताउनु भयो ।


पर्यटन प्रबर्द्धन गर्ने उदेश्य सहित महोत्सव आयोजना गरिएको इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताउनु भयो ।  ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ थालिएको  महोत्सवमा नेपाल र भारतका साहित्यकार, विश्लेषक, लेखक, कलाकारको सहभागिता रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल समाजको सहयोगमा संचालित महोत्सवमा नेपाल र भारतका दुई सय बढी साहित्यकार  , लेखक , राजनीतिकर्मी लगायतको सहभागिता रहने आयोजकले जनाएको छ  ।
इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा भइरहेको महोत्सवमा साहित्यकार, कलाकार, विश्लेषक, चिन्तक, राजनीतिकर्मी लगायतलाई एकै थलोमा जमघट गराई बहस छलफल थालिएको छ । 
कार्यक्रममा राजनीति, साहित्य, पर्यटन, पर्यावरण , नाटक जस्ता  विधामा बहस राखिएको छ भने विचार , कविता , गजल वाचन महोत्सवको आकर्षणको रुपमा रहेको छ ।
 
पहिलो दिन आज पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ‘नेपालको संरचनात्मक संकट र दिगो समाधान’ बिषयमा  सम्भाषण ,‘सङ्घीयता: यस्तै वा कस्तो’ शीर्षकमा नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीको बहस बचचु हिमाङ्शु ,  ‘कवितामा के छ  शीर्षकमा सोझो गाउँले, सुन्दर कुरूप र सुमिनाको बहस, ‘मिथकदेखि मिथकसम्म’ शीर्षकमा डाक्टर अरुण  गुप्ता र धनप्रसाद सुवेदीको बहस , सिमा देखि सिमा साहित्य र संस्कृती शिर्षकमा डाक्टर कविता लामा , गणे श खनिया र दिपक लुङगेलीको बहस हुने तालिका छ । यस्तै ‘पोयट्री इन मुभमेन्ट’ शीर्षकमा राजा पुनियानीको सम्भाश , नेपाल २०३०: समुन्नतिका लक्ष्य , चुनौती र इलाम सन्दर्भमा डाक्टर स्वणिम वाग्लेको सम्भाष  ,  ‘बदलिँदो विश्व फेरिँदो स्थानीयता’ शीर्षकमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्बाङ र रञ्जित तामाङको बहस, ‘चारखोलको रङ्गमञ्च’ शीर्षकमा सुरेश पोर्तेल र चेतन आङ्थुपोको बहस हुनेछ कार्यक्रमको तालिजा छ ।  ‘कविताको स्वर’ शीर्षकमा गद्य कविता वाचन र ‘छन्द सुगन्ध’ शीर्षकमा पद्य कविता बाचन पनि हुनेछ ।

दोस्रो दिन शनिबार   ‘संरक्षण र पर्या-पर्यटनका कुरा’ शीर्षकमा सोनाम भुटिया र दीपेन्द्र कर्णको बहस, ‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुको बहस हुनेछ । ‘उमेरको कथा’ शीर्षकमा अभि सुवेदीसँग दीपक सापकोटाको बहस , ‘सिनेमा: कस्तो मौलिकता  शीर्षकमा केकी अधिकारी, मीन भाग र रामबाबु गुरुङको बहस र ‘अक्षर मोहः अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शङ्कर तिवारी र टीका आत्रेयको बहस हुनेछ । साहित्यमा प्रतिरोध शिर्षकमा शैलेन्द्र अधिकारी , शंकर तिवारी र टीका आत्रेयको बहस हुनेछ । समय , समाज र राजनीतिका कुरा शिर्षकमा डाक्टर सिके राउत, प्रदीप ज्ञावली  र विश्वप्रकाश शर्माको बहस र गजल बाचन हुने तालिका रहेको आयोजकले जनाएको छ । महोत्सवमा चित्रकला प्रतियोगिता पनि राखिएको छ ।
उद्घाटन कार्यक्रममा  इलाम नगरपालिकाद्वारा  कलाकार कोमल निरौला , साहित्यकार राधेश्याम लेकाली र मूर्तिकार बिष्णु प्रसाद श्रेष्ठलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको छ ।
रेडियो नेपाल अनलाइन बाट