logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • पर्यटकीय क्षेत्रको प्रचार गर्न ‘अन्तरदेशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलन’

    पर्यटकीय क्षेत्रको प्रचार गर्न ‘अन्तरदेशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलन’

    प्रदिप खड्का, इलाम , मंसिर १८:
    इलाममा शनिबारदेखि दुई दिने ‘अन्तरदेशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलन’ सुरु भएको छ । इलाम सदरमुकाममा भइरहेको सम्मेलनमा भारतको दार्जिलिङ, मिरिक, सिलिगुडी, आसम, सिक्किमबाट साहित्यकार सहभागी छन । नगरपालिकास्थित साहित्य, कला तथा संगीत प्रतिष्ठान, नगर पर्यटन प्रवद्र्धन समिति र काठमाडौंस्थित साहित्य पत्रकार संघले आयोजना गरेको सम्मेलनमा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, चितवन, पोखरा, काठमाडौं आएका साहित्यकारहरुको जनमघट भएको छ । कार्यक्रममा साहित्यकार तथा लेखक डा।देवी क्षेत्री दुुलालले ‘पर्यटनको विकासमा साहित्यको भूमिका’ विषयक अवधारणापत्र प्रस्तुत गर्नु भयो । साहित्यकार युवराज नयाँघरेले ‘यात्राः भाव, भाका र भाषा’ विषय अवधारणापत्र प्रस्तुत गर्नु भएको थियो । सम्मेलनमा सहभागी साहित्यकारले कविता, गीत, गजल प्रस्तुत गरेका छन ।


    सम्मेलनमा साहित्यकारहरू डा।गार्गी शर्मा, आख्यानकार विन्द्या सुब्बा, हिरन्यकुमारी पाठक, साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठ, साहित्यकारहरू अषेश मल्ल, नन्दु उप्रेती, गायत्री श्रेष्ठ, दिव्य गिरी, बुलु मुकारुङ, मुरारी सिग्देल, मञ्जिला अनिल, रामप्रसाद पन्त, समालोचक प्रा।डा।सवित्री मल्ल कक्षपती , प्रेम प्रधान, दार्जिलिङस्थित नेपाली साहित्य सम्मेलनका पूर्वअध्यक्ष गोपीचन्द्र प्रधान , मुक्ति बराल, नारायण हुमागाईं, लतिका जोशी र किशोर पहाडी लगायतको सहभागिता रहेको छ ।
    सम्मेलनको पहिलो दिनको कार्यक्रममा इलामका गायक नन्दकुमार श्रेष्ठ र चित्रकार प्रेम केसीलाई नगद सहित सम्मानपत्रले सम्मान गरेको आयोजकले जनाएको छ ।

    सम्मेलनको दोस्रो दिन आईतबार साहित्यकारहरुलाई इलामको पर्यटकीय स्थानको भ्रमण गराइने इलाम नगरपालिका साहित्य कला संगीत प्रतिष्ठानका सचिव दिवाकर भणडारीले बताृउनु भएको छ ।



    निगरानी संवाददाता    
  • २०७८ मंसिर १८, शनिबार १६:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP