logo
  • २०८२ बैशाख ५ | Fri, 18 Apr 2025
  • महिला साहित्यकारद्धय नेपाल र घिमिरेको गजल संग्रह बिमोचन

    महिला साहित्यकारद्धय नेपाल र घिमिरेको गजल संग्रह बिमोचन

    गणेश घिमिरे असार १ :इलाम इलामका दुई साहित्यकारद्धय दुईवटा कृति एकैसाथ इलाम सदरमुकाममा शनिबार लोकार्पण गरिएको छ । इलामको माईजोगमाई गाउँपालिका स्थित नामसालिङ्गमा जन्म भइ हाल अन्य ठाउँलाई कर्मथलो बनाइराख्नु भएकि दुई महिला साहित्यकारको दुईवटा गजल संग्रह लोकार्पण गरिएको हो । पूष्पा नेपाल सुवेदीद्धारा लिखित धरातलको जुन र बालकुमारी घिमिरेद्धारा लिखित निभेको लालटीन गजल संग्रह बिमोचन गरिएको हो । उक्त दुई संग्रहहरु गजलकार डाक्टर घनश्याम न्यौपाने सहित इलाम र झापाका साहित्यकारहरुले संयुक्त रुपमा गर्नुभएको हो । इलाम साहित्य संगित तथा कला प्रतिष्ठानले आयोजना गरेको कृति बिमोचन कार्यक्रममा पूष्पा नेपाल सुवेदीले लेख्नुभएको कृतिमाथि साहित्यकार किशोर कोइरालाले समिक्षा गर्नुभएको थियो । ९० वटा गजल रहेको उक्त संग्रहमा यो गजलमा असन्तुष्टिका भावहरु पेखिएको आफूले पाएको प्रतिक्रिया दिनुभयो । यस संग्रहमा फरक फरक स्वाद पाउन सकिने उल्लेख गर्दै साहित्यकार पूष्पा नेपाल स्थापित गजलकारको रुपमा परिचित बन्नुभएको बताउनुभयो । यस्तै बालकुमारी घिमिरेद्धारा लिखित निभेको लालटीन माथि साहित्यकार मिलनकुमार ढुंगानाले समिक्षा गर्नुभएको थियो । उहाँले यस गजलमा सामाजिक बिकृति, जीवन, भौतिकवादी, अध्यात्मिकवादी चिन्तन, नारी स्वर जस्ता विषयले भद्र बिद्रोह समेत गरेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष देवी गौतमको अध्यक्षतामा बिमोचन कार्यक्रम भएको थियो । कार्यक्रममा साहित्यकार डाक्टर घनश्याम न्यौपानेले महिलाका लागि लेखन कार्य सजिलो विषय नभएको उल्लेख गर्नुभयो । उहाँले घरदेखि जागिरसम्मको भूमिका निभाउँदै सृजना तयार गर्नु महिलाका लागि सजिलो नहुने जनाउँदै यी कृति ठूलो उपलब्धि रहेको बताउनुभयो । साहित्यकार नेपाल हाल झापामा रहनुहुन्छ भने घिमिरे अमेरीकामा रहनुहुन्छ । शिबप्रसाद सुवेदी प्रकाशक रहनु भएको धरातलको जुन गजल संग्रह साहित्यकार नेपालको पहिलो गजल संग्रह हो । कार्यक्रममा सहभागिहरुले कृति प्रकाशनले सबैलाई उत्प्रेरणा गरेको उल्लेख गर्दै श्रष्ट्रा र सृजनालाई बचाइ राख्नुपर्ने बताए । रचनाबाटै साहित्यकारले सकारात्मक सन्देश दिने भएकाले समाज परिवर्ततमा गजलकारको महत्वपुर्ण भूमिका रहने बक्ताको प्रतिक्रिया थियो ।



    निगरानी संवाददाता    
  • २०८१ असार १, शनिबार १३:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP