भानु जयन्तीको अवसरमा प्रज्ञा सदन विद्यालयमा विविध कार्यक्रम

भानु जयन्तीको अवसरमा प्रज्ञा सदन विद्यालयमा विविध कार्यक्रम


इलाम २९ असार :
२ सय १० औ भानु जयन्तीको अवसरमा इलाम नगपालिका ६ पिपलबोटेमा रहेकोे प्रज्ञा सदन को–एजुकेशनल इङलिस मिडियम हाइस्कूलले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले आदिकवि भानु भक्त आर्चायको जन्म जयन्तीको अवसरमा शुक्रबार विद्यालयमा आयोजना भएको कार्यक्रमा भानुभक्तको जीवनी र नेपाली भाषा र साहित्यमा पुराएको योगदानको बारेमा चर्चा गरिएको छ । कक्षा १० का छात्रा समिक्षा निरौंलाले भानुभक्तको बारेमा चर्चा गर्नु भएको थियो ।

यसैगरी सोही विद्यालयमा अध्ययनरत कक्षा ३ दखि १० सम्मका २१ जना विद्याथी र शिक्षक शिक्षिकाले सृजना गरेका कविता वाचन गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्पना ओलीको अध्यक्षता र लोक गायक देवि गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल सि. एम. गुँरागाँइले स्वागत मन्तब्य र कार्यक्रमको उदेश्यबारे बताउनु भएको थियो । लोक गायक गौतमले भानुभक्त आचार्यको कृतिहरु माथि बारे चर्चा गर्दै भानु जयन्ती किन मनाउनु पर्छ भन्ने बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो ।

गौतमले आफ्ना कविता बाचन , लोक गीत र रामायणका श्लोकहरु सुनाउनु भयो । कवि विमल बैद्यले विद्यार्थीहरुलाई कला, भाषा र साहित्यमा रुची जगाउने र प्रेरणा दिनु पर्ने बताउनु भयो । इलाम नगरपालिका वाड न ७ का वडा सदस्य समेत रहनु भएका वैद्यले आफ्नै देशमा केही गर्नु पर्छ भन्ने भावना जागृत गर्न विद्यार्थीहरुलो आग्रह गर्नु भयो ।

कवि वैद्यले कविता वाचन समेत गर्नु भएको थियो । कवि तथा प्रगतिशील लेखक संघ इलामका अध्यक्ष दिवाकर भण्डारीले आफना कविता र गजलहरुको प्रस्तुतिसहित कार्यक्रम उदाहरणीय भएकोमा विद्यालयलाई बधाई दिदै यस्ता कार्यक्रमको निरन्तरताको लागि आग्रह समेत गर्नु भयो । विद्यालयका कार्यकारी निर्देशक विकास कर्माचार्यले वद्यालयले पहिलो पटक भानु जयन्ती मनाएको भन्दै यस्ता कार्यक्रमले विद्यार्थीहरुको भाषा, साहित्य र कलाको क्षेत्रमा भएका प्रतिभा उजागर र विकास हुने बताउनु भयो ।सबै नेपालीहरुलाई नेपाली भाषाको माध्यमबाट एक बनाउने आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा गर्दै सबै विद्यालयहरुले हरेक वर्ष भानु जयन्ती मनाउने परम्पराको थालनी गर्नु पर्ने बताउनु भयो ।