logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • गायिका मिलन नेवारको”देउन मलाई बास”सार्वजनिक

    गायिका मिलन नेवारको”देउन मलाई बास”सार्वजनिक

    काठमाडौँ । गायिका मिलन नेवारले मेलोडी गीत ‘मुटु भित्रै देउन मलाई बास’ को भिडियो सार्वजनिक गरेकी छन् ।

    गीतमा शब्द डा.राजुबाबु श्रेष्ठको रहेको छ भने गायक तथा संगितकार राजनराज शिवाकोटीको संगित रहेको छ। सयौं हिट गीतमा स्वर भरिसकेकी गायिका मिलन आफैंले गायकीसँगै यो गीको भिडियोमा सोलो अभिनय गरेकी छन् ।

    भिडियोलाई राजेशपुमा राईले निर्देशन गरेका हुन् भने उत्सव दाहलले भिडियो छांयाकन गरेका हुन्। विकास दाहालले सम्पादन गरेको भिडियो मिलन नेवारको आफ्नै युट्युब च्यानलबाट शुक्रबार रिलिज गरिएको हो।

    एल्बम मिलन २ मा समावेश देउन मलाई बास गीतलाई संञ्जीव बराईलीले एरेञ्ज गरेका हुन्।

    अजर अम्बर रहने गीतमा काम गर्न पाएकोमा संगितकार राजनराज शिवाकोटीले खुशी व्यक्त गरे भने गायिका मिलनले गीत सबैको मन मुटुमा बस्न सफल हुने विश्वास व्यक्त गरिन् ।



    निगरानी    
  • २०७६ आश्विन ४, शनिबार ०६:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP