logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • वर्षा र हिमपातका कारण जनजीवन प्रभावित, यस्तो छ मौसमी अवस्था

    वर्षा र हिमपातका कारण जनजीवन प्रभावित, यस्तो छ मौसमी अवस्था

    काठमाडौं । वर्षा र हिमपातका कारण चिसो बढेको छ । काठमाडौं उपत्यका सहित देशभरको जनजिवन प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    महाशाखाका अनुसार मौसम बदलीसंगै न्यूनतम तापक्रम बढेको छ । तर अधिकतम तापक्रम भने नबढ्दा चिसो ह्वात्तै बढेकोह हो । महाशाखाले चिसो रहिरहने भएकाले सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।

    वरिष्ठ मौसमविद् विभूती पोखरेलले देशैभर मौसममा बदली भइरहेको बताइन् । उनले देशका केही स्थानमा वर्षा भएको र शुक्रबार जारी रहने जानकारी दिइन । पश्चिम न्यून चापिय प्रभाव रहेको र यो शनिबारसम्म रहने उनको भनाइ छ ।

    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रममा क्रमशः वृद्धि हुँदै गएको छ । बिहीबारको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस रहेकामा शुक्रबार ५ डिग्री पुगेको छ । अधिकतम तापक्रम भने बिहीबार १८ डिग्री रहेको थियो ।

    जुम्लामा सबैभन्दा कम माइनस २.६ रहेको छ । यसअघि गत हप्ता माइनस ६.५ सम्म पुगेको थियो । बिहीबार न्यूनतम सबैभन्दा बढी ११ डिग्री धनगढी र सिमरामा रहेको थियो ।

    अधिकतम तापक्रम सबैभन्दा बढी सिमरामा २७ तथा अधिकतम तापक्रम सबैभन्दा कम डडेलधुरामा ६ डिग्री रहेको थियो ।



    निगरानी    
  • २०७६ पुष १८, शुक्रबार ०८:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP