इलाम असार २८
उच्च अदालत विराटनगर इलाम इजलास इलाममा कार्यरत एक महिला कर्मचारी शंकास्पद रुपमा मृत फेला परेकी छिन । कार्यालय सहयोगी सोलुखुम्बुकी ४५ बर्षीया बिमलादेवी पराजुली अदालत परिसरमा सोमबार विहान मृत फेला परेकी जिल्ला प्रहरी कार्यलय इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठले निगरानी डटकमलाई जानकारी दिनु भएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरीरहेको छ । पराजुलीको शव कार्यलयको पोशाकमा अदालत नजिक घोप्टो अवस्थामा नालीमा भेटिएको छ । घटना शंंंंकास्पद रहेको भन्दै प्रहरीले थप अनुसन्धानको लागि धरानबाट कुकुर झिकाएको छ । झापामा भएको घटना अनुुसन्धान सकेर कुकुर सहितको टोली इलाम आउने जनाईको छ ।
प्रतिक्रिया