logo
  • २०८१ मंसिर १९ | Wed, 04 Dec 2024
  • लकडाउन नखुल्ने : प्रधानमन्त्री

    लकडाउन नखुल्ने : प्रधानमन्त्री

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भावनामा बगेर लकडाउन नखोल्ने बताएका छन् । सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्समा सहभागिहुँदै प्रधानमन्त्री ओलीले लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए ।
    सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढ्न जरूरी रहेको बताए। प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र सङ्क्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट गरेका थिए। प्रधानमन्त्री ओलीले भने, “भारतमा सङ्क्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन। यसमा नरम बनेर लापरबाही नगर्न म आग्रह गर्दछु।” उनले सरकारले राम्रो काम गरिरहेकाले अर्को संयन्त्र आवश्यक नरहेको बताए ।
    प्रधानमन्त्री ओलीले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट गर्दै सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वबाट प्रभावित नहुन आग्रह गरे ।



    Avatar निगरानी    
  • २०७६ चैत्र २९, शनिबार १४:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP