logo
  • २०८१ आश्विन २३ | Wed, 09 Oct 2024
  • इलाममा सोमबारबाट कोरोनाको परीक्षण, छ जनाको रिपोर्ट नेगेटिभ

    इलाममा सोमबारबाट कोरोनाको परीक्षण, छ जनाको रिपोर्ट नेगेटिभ

    इलाम, बैशाख २ । इलाममा सोमबारबाट क्वारेन्टाइनमा रहेकाहरुको कोरोना परिक्षण शुरु गरिएकोे छ । प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रबाट एकसय बीस थान र्यापीड डाइग्नोष्टिक टेष्ट किट आएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । शुरुमा विभिन्न देशबाट आएका र क्वारेन्टाइनमा रहेकाहरुको कोरोना परिक्षण थालिएको छ ।

    स्वास्थ्य कार्यालय इलामका कोभिड १९ फोकल पर्सन बिमल बरालका अनुसार जिल्लामा र्यापीड डाइग्नोष्टिक टेष्ट किट आएसंगै कोरोनाको परिक्षणमा सहज भएको बताउनुभयो । त्यसका लागि आवश्यक जनशक्ति समेत रहेको बताउनुभयो । कोरोना त्रासका कारण लकडाउन भएपछि पहिलो पटक जिल्लामै शंकास्पदहरुको परिक्षण गरिन थालिएको हो । सोहि अनुरुप सोमबार क्वारेन्टाइनमा बसेका ६ जनाको परीक्षण गरीएको छ । इलाम नगरपालिका स्थित डाक्टर मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनमा बसेका ३ जना र सूर्योदय नगरपालिकाको पशुपतिनगरको क्वारेन्टाइनमा बसेका तीनजनाको परीक्षण गरीएको छ । परीक्षण गरीएका ६ जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । शंकास्पद रिपोर्ट आएको खण्डमा स्वाव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइने बरालले बताउनुभयो । जिल्लाका चार स्थानीय तहमा अझै १४ जना क्वारेन्टाइनमा रहेका छन् । जसमा सूर्योदय नगरपालिकाको पशुपतिनगरमा तीनजना, माइ नगरपालिकामा चारजना, इलाम नगरपालिकामा तीनजना र रोङ गाउपालिकामा चार गरी १४ जना रहेका छन् । अन्य विदेशबाट आएकाहरु भने १४ दिनको क्वारेन्टाइन अवधि पुरा गरि घर फर्किएका छन् ।

    इलाम नगरपालिका स्थित डाक्टर मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनमा रहेका तीन मध्ये दुईजना बाग्लुङकि कोरोना संक्रमित युवती संगै यात्रा गरेर आएकाले उनीहरु अझैपनि क्वारेन्टाइनमा रहेको इलाम अस्पतालका डाक्टर प्रभु शाहले बताउनुभयो । जिल्लामा यस अघि चार जनाको स्वाव परिक्षण गरिएको थियो । चारै जनाको परिक्षण नतिजा नेगेटिभ आएको थियो । दुइ जना बिरामी कोशी अञ्चल अस्पतालमा रिफर गरिएका थिए भने विदेशबाट आएका अन्य दुइ जनाको स्वाव संकलन गरि पठाइएको थियो । किट आएपछि द्रुत गतिमा नमूना परिक्षण हुने र नतिजा समेत नेगेटिभ आउने विश्वास गरिएको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७७ बैशाख २, मंगलवार ०३:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP