logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • नामसालिङ्ग र नयाँबजारमा एकसय बेडको क्वारेन्टाइन निर्माण

    नामसालिङ्ग र नयाँबजारमा एकसय बेडको क्वारेन्टाइन निर्माण

    बैशाख ११, इलाम । इलामको माईजोगमाई गाउँपालिकामा पुन थप क्वारेन्टाइन निर्माण गरीएको छ । प्रदेश १ का बिभिन्न स्थानमा कोरोना संकमित भेटीन थालेपछि जिल्लाका १० वटा स्थानिय तहमा ८ सय ८० बेडको क्वारेन्टाइन निर्माणका लागि पहल थालिएको थियो । सोहि क्रममा माईजोगमाई गाउँपालिकामा पुन एकसय बेडको क्वारेन्टाइन थप गरीएको हो ।

    बिश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न भन्दै विपद व्यवस्थापन केन्द्रले जिल्लाका स्थानीय तहहरुलाई थप क्वारेन्टाइन बेड निर्माणका लागि निर्देशन दिएसंगै उक्त गाउँपालिकामा क्वारेन्टाइन थप गरीएको गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले बताउनुभयो । भारतसंग सिमा जोडिएको यस गाउँपालिका जोखिममा पर्दछ । यसअघि निर्माण भएका क्वारेन्टाइन बेडलाई थप गर्दै पुन १ सय वटा थपिएको हो । जसअनुसार सोहि गाउँपालिकाको केन्द्र नयाँबजारमा ५० शैया र वडा नम्बर ३ को नामसालिङ्ग स्थित स्वास्थ्य संस्थाको भवनमा ५० शैयाको गरेर एकसय शैयाको क्वारेन्टाइन बनाएको गाउँपालिकाले जनाएको छ ।

    वडा नम्बर ३ मा निर्माण गरीएको क्वारेन्टाइनको ब्यबस्थापन गर्नका लागि वडा नम्बर ३ का वडाध्यक्ष यामप्रसाद लामाको संयोजकत्वमा ९ सदस्यिय ब्यबस्थापन समिति पनि गठन गरेको छ । जसको सदस्यहरुमा स्वास्थ्य संस्था, प्रहरी चौकीका प्रतिनिधि, सोहि वडाका वडा सदस्य निर्मल घिमिरे सहित रोमिला चम्लगाइँ, पूजा हेल्मु, धरणि निरौला, सुमन घिमिरे र देउमाया बजगाइँ रहनु भएको छ । गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई, प्रशासकिय अधिकृत भागतप्रसाद रेग्मि लगायतको उपस्थितीमा क्वारेन्टाइन स्थापना गरीएको वडा सदस्य निर्मल घिमिरेले जानकारी दिनुभयो ।



    निगरानी संवाददाता    
  • २०७७ बैशाख ११, बिहीबार ११:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    कोरोना भाइरसबाट बच्न निगरानी डटकमद्धारा जारी सन्देश …कुनै व्यक्ति, वस्तु वा सामान छुनु पहिले र छोइसकेपछि साबुन पानीले राम्रोसँग हात धुने । अनावश्यक रुपमा घर वाहिर र भिडभाडमा नजाने, भिडभाड नगर्ने र गर्न नदिने । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख कुहिनोले छोप्ने । जंगली तथा घरपालुवा पशुपंछिसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने । बाहिरबाट आयातित माछामासु सकेसम्म उपभोग नगर्ने । जथाभावी मुख, आँखा, कान, नाक नछुने । दैनिक उपभोग सामान खरिद गर्न वाहेक बजार र हाटबजार नजाने । विदेश वा अन्य जिल्लाबाट आएका संकास्पद व्यक्तिहरु कम्तिमा १५ दिनसम्म अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा रहने । ज्वरो, रुघा र खोकी तथा श्वासप्रश्वासमा समस्या भएमा चिकित्सकसँग परामर्श गर्ने ।सामान्य किसिमको मौसमी विराम उपचारको लागि स्वास्थ्य चौकीमा भिडभाड नगर्ने । आवश्यक परेमा सञ्चार सेवाबाट परामर्श लिने । खाद्यसामाग्री तथा अत्यावश्यक वस्तु र औषधिजन्य पदार्थको अनावश्यक खरिद गरी जम्मा नगर्ने र गर्न नदिने । घरेलु प्रयोगमा आउने एल।पी। ग्यासको सट्टामा वैकल्पिक उर्जाको प्रयोग गर्ने । अफवाह फैलाउने, त्रास फैलाउने र गलत सूचना प्रवाह नगर्ने । ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दीर्घरोगीलाई विशेष निगरानीमा राख्ने ।दैनिक योग, व्यायाम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा उपभोग गर्ने । बजारमा कालोबजारी गरेको तथा अत्यावश्यक वस्तु लुकाईराखेको भेटिए नजिकको प्रहरी चौकीमा जानकारी गराउने । निगरानी डटकम
    ताजा अपडेट
    TOP