रसिकको पेरुङ्गोमा बाबु पुस्ताको मुहार

रसिकको पेरुङ्गोमा बाबु पुस्ताको मुहार

इलाम/आफ्ना पाँच कृतिहरु एउटै ‘पेरुङ्गो’मा हालेर पाठकमाझ पुगेका साहित्यकार, गायक गणेश रसिकका पुस्तक पढिसकेका लेखक केदार शर्माले भने ‘पेरुङ्गोमा बाबु दाजुको पुस्ताको इतिहासको प्रतिविम्बहरु रहेछन् ।’
यस अघिनै प्रकाशनमा आएका दश गजामा उभिएर, आकासगंगाको ओतमुनी, मुनियाँ र उसको छोरे, तारा भन्दा सपना धेरै नामका पुस्तक र हालसालै प्रकाशनमा आएको छपक्कै मनमा बसेकाहरु लाई एउटै प्याकेजमा साङ्ग्रीला बक्सले प्रकाशनमा ल्याएपछि पाठकहरुसंग ‘पुस्तक बहस’ मा जुटेका हुन् ।
सानासाना कुरालाई पनि कलात्मक संयोजन गरेर लेख्न सिपालु रसिकले कथा, कविता, गित, सस्मरण प्रकाशनमा ल्याएका छन् रसिक भन्छन् ‘साना कुरा धेरैलाई केहि लाग्दैन मलाई चाहि तिनै सानाकुरा झ्यालका काँटी कब्जा जस्तो लाग्छ ।’ उनले रचनामा साना लाग्ने कुरालाई नै जोडेर आफ्नो समयको इतिहास लेखेका शर्माले टिप्पणी गरे ।
दसगजामा उभिएर नामको सस्मरण पढ्दा मननै ‘डगडग’ गर्ने शर्माले सुनाए । उनले भने ‘यी सृर्जनाहरु कसैलाई उपहार दिनका लागि समेत उपयुक्त छन् ।’
कवि प्रकास थाम्सुहाङ रसिकले साहित्यमा उम्दा धुन निकालेको बताउँछन् । उनले रसकिका समाजको चित्र भएको टिप्पणी गरे ।
जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले उनका पुस्तकमा नेपाली समाजको चित्र पाएको बताए ।
भोजपुर जिल्लाको नौलागाउँमा वि. स २००४ आश्विन ४ जन्मेका रसिकले इलाममा विष्णु नविन लगायतका साहित्यकारहरु सित साहित्य साधना शुरु गरेका थिए ।
मूलत यीनी लेखक तथा कथाकार भएतापनि सर्वप्रथम लेकाली समुहबाट यिनले गायन क्षेत्रमा आफ्नो पहिचान बनाएका थिए । रसिकका क्षितिजलाई छुन खोज्दा–कथा संग्रह –वि.स. २०२४, एउटा सारङगीभित्र–कथा संग्रह–वि.स.२०२८, रसिकका गीत–गीत संग्रह–वि.स.२०४५, बिलाउँदै गएको गीत कथा संग्रह, दश गजामा उभिएर कथा संग्रह , आकाशगंगा मुनी लगायतका उपन्यास मौलीक कृतिका रुपमा बजारमा आएका छन् ।
उनले चोइटा, छाया–हस्तलिखित, नेपाली संस्कृति, उपत्यका–सामयिक संकलन, सगरमाथा–पाक्षिक–सम्पादन गरेका छन् । विभिन्न पत्र–पत्रिकाहरुमा कथा, कविता, गीत, नाटक, संस्मरण आदि प्रकाशित छन् ।
२०१९ सालमा कविता प्रकाशन गरेर नेपाली साहित्य र संगितको क्षेत्रमा देखा परेका रसिकले गितकार, गायक र कथाकारको रुपमा चर्चीत छन् । राल्फा, लेकाली जस्ता चचिर्त सांगीतिक समूहमा आबद्ध यिनी लोक, आधुनिक तथा काव्यात्मक शब्दलाई समेत संगीतमा ढाल्न खप्पिस रहेको शर्माले बताए । ‘रातोभाले क्वाए क्वाए…’,ए भेडाबाख्रा…’, ‘घरबेटी नानी…’, ‘धन राख्ने धनसार…’, ‘घर छाडी परदेश लाग्दा…’, ‘याङजी नाना…’ लगायत यिनका चचिर्त भाकाले नेपाली आकाश अहिले पनि गुञ्जीरहेका छन् ।
रसिकले ‘हटी होइन डटी लड्ने नेपालीको बानी हुन्छ…’ लगायत केही देशभक्तिका गीत रचेका थिए, जुन कुनै समय स्कुलमा घोकाइन्थ्यो । उनका अनुसार यस्ता गीत राजाको दबाबमा रचिएका थिएनन् । पञ्चायतकै बेला रसिक रत्न रेकडिर्ङमा दुई बर्ष र सांस्कृतिक संस्थानमा करिब साढे सात बर्ष महाप्रबन्धक बनेका थिए । बहुदल आएपछि पनि उनी दुई बर्ष साझा प्रकाशनका अध्यक्ष भए । पछिल्लो पटक उनी प्राज प्रतिस्ठानमा समेत सदस्य सचिवका रुपमा रहेका थिए ।
भोजपुर, काठमाडौं हुँदै इलामको फिक्कल बसाई सरेका यिनको परिचय कुनै एक विधामा मात्र सीमित छैन । करिब ५० गीतमा स्वर भरेका रसिकले झन्डै १ सय ५०मा संगीत दिएका छन् । संस्मरण र निबन्ध लेखनमा पनि उनले रामै उचाइ लिएका छन् ।
अनवरत यात्राको फल स्वरुप रसिकले वि.स. २०२८ मा ने.प्र.पं द्धारा आयोजित कविता महोत्सवमा प्रथम पुरस्कार, वि.स. २०३४ मा रेडियो नेपाल संगीत प्रतियोगितामा उत्कृष्ट गीतकार, वि.स. २०२४ मा राष्ट्रिय युवा महोत्सवमा कथामा प्रथम पुरस्कार र गो.द.बा चौथो लगायतका पुरस्कार र सम्मान प्राप्त गरेका छन् ।