९ जनामा कोरोना पुष्टि भए सगै संक्रमितको संख्या २६७ पुग्यो

Share This
  •  
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares
९ जनामा कोरोना पुष्टि भए सगै संक्रमितको संख्या २६७ पुग्यो

शुक्रबार साँझ थप ९ जनामा कोरोना पुष्टि भए सगै संक्रमितको संख्या २६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार बिहानसमेत ९ जनामाका कोरोना संक्रमण पुष्टि भएको थियो ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल, नेपालगंजमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टी भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनु भयो । नया पोजिटिभ देखिएका पर्साका १० वर्षीय बालक, २३, ४७ वर्षीय महिला, उदयपुर, त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषस दाङको गढवा( ४, ५ र तुलसीपुर(७ निवासी २३, ३६, ३४ वर्षीय पुरुष छन् । सँगै काठमाडौं, सतुंगल निवासी ७ वर्षीय बालकमा समेत कोरोना पोजिटिभ देखिएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २३ हजार ९ सय १४ नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ६३ हजार ८५ जनाको नमुना परीक्षण गरिएको छ। अहिले क्वारेन्टाइनमा १५ हजार ६ सय ८३ जना रहेका छन् भने उपत्यकामा २७ र बाहिर २४० गरेर २६७ जना आइसोलेसनमा छन्।