logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • इलाममा अवैध रुपमा ओसारप्रसार भएको सालको काठ बरामद

    इलाममा अवैध रुपमा ओसारप्रसार भएको सालको काठ बरामद


    सविता पाण्डे , इलाम , १७ साउन :

    इलाममा अवैध रुपमा ओसार प्रसार भएकोे सालको काठ बेवारिसे अवस्थामा भेटिएको छ । चुलाचुली गाउँपालिका २ तिनकुने बाट गएराति १० बजे र चुलाचुली ३ मंगलसिद्धि बाट आज बिहान करीब ३ बजे सालको १९ थान चिरान काठ बरामद भएको चुलाचुली डिभिजन वन कार्यलयका सहायक बन अधिकृत सत्यराम प्रजापतिले बताउनु भएको छ । अवैध रुपमा वेवारिसे अवस्थामा रहेको २२ दशमलब ७८ क्यु फिट सालको काठ र ४ थान साइकल कार्यलयका कर्मचारीले स्थानीयबासी र प्रहरीको सहयोगमा फेला पारिएको प्रजापतिले बताउनु भयो । काठ विक्रीवितरणको लागि ओसारप्रसार भएको हुन सक्ने अनुमान गरिएको छ । ओसारप्रसारमा संलग्नको खोजी कार्य भइरहेको छ भने काठ चुलाचुली डिभिजन वन कार्यलयमा राखी थप अनुसन्धान कार्य अघि बढाइएको जनाइएको छ ।


    विगतमा मोटर साइकलको प्रयोग गरी अवैध रुपमा काठ ओसर प्रसार गर्ने गरेकोमा त्यो नियनत्रण भएको फेरी साइकलको प्रयोग गर्न थालेको डिभिजन बन कार्यलय इलामका प्रमुख दान बहादुर श्रेष्ठले बताउनु भयो । अवैध रुपमा हुने काठ चोरी नियन्त्रण गर्न कार्यलयले निगरानी बढाइरहेको उहाँको भनाई छ ।



    Avatar निगरानी संवाददाता    
  • २०८० श्रावण १७, बुधबार ०७:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP