इलाम अस्पतालका स्वास्थ्यकर्मीहरुको पिसिआर परिक्षण

इलाम अस्पतालका स्वास्थ्यकर्मीहरुको  पिसिआर परिक्षण

इलाम अस्पतालमा कार्यरत ११ जना स्वास्थ्यकर्मीहरुको मंगलबार कोरोना परिक्षणको लागि स्वाव संकलन गरिएको छ । इलाम अस्पतालको लागि २० वटा स्वाब संकलन गर्ने किट (भिटिएम) प्राप्त भए पछि परिक्षण गरिएको स्वास्थ्य कार्यलय इलामका कोभिड १९ फोकल पर्सन विमल बरालले बताउनु भयो । प्रदेश सरकार मार्फत २० वटा र संघीय सरकार मार्फत एक सय वटा भिटिएम आइपुगेको छ ।
पिसिआर परिक्षणको लागि जिल्ला बाहिर पठाउने भएकोले रिर्पोट आउन केही दिन लाग्ने जनाइएको छ । इलाम बाट संकलन गरिएको स्वाब परिक्षणको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरान , कोशी अस्पताल विराटनगर , प्रदेश १ स्वास्थ्य निर्देशनालयमा पठाउने गरिएको छ ।
कोेरोना परिक्षणको लागि ¥यापिड डाइगोनोस्टीक टेष्ट (आडिटि ) मात्र गरिदै आएको इलाममा पिसिआर परिक्षणको दायरा बढाउन स्थानीय तहहरुले भिटिएम खरीद गर्ने भएका छन । जिल्लाको स्थानीय तहमा कार्यरत स्वास्थ्यकमीलाई तालीम दिएर पिसिआर परिक्षणको लागि जनाशक्ति तयार गरिने बरालले बताउनु भयो ।
कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र इलामले प्रदेश सरकारलाई २ हजार किट माग गरेको थियो । यसैगरी स्थानीय तहहरुलाई समेत भिटिएम खरीद गर्न आग्रह गरेको छ ।
मंगलबारसम्म जिल्लाका १० वटै स्थानिय तहका ६१६ जनाको आरडिटि टेस्ट भएको छ भने कोरोना संक्रमणको आशंकामा चार जनाको पिसिआर टेस्ट गरिसकेको छ । परिक्षण भएका सवैको रिर्पोट नेगेटिभ आएको थियो ।