कोरोना संक्रमितको सङख्या १४ पुग्यो

बैशाख १, इलाम । पछिल्लो पटक कैलाली र रौतहटका एक÷एकजनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । कैलालीको लम्की चुहा नगरपालिका १ की एक महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । वीरगञ्जको सडकपेटीमा चुरा पोते बेच्दै आएकी ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको हो ।

वीरगञ्जबाट गएको चैत ९ गते घर आउनु भएकि उहाँलाई १२ देखि २९ गतेसम्म कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । १७ दिन क्वारेन्टाइन बस्दा पनि कुनै लक्षण नदेखिएपछि २९ गते घर पठाइएको थियो । तर आज गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि उहाँलाई सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको छ । यस्तै रौतहटका एक युवकमा पनि कोरोना भाइरस (कोभिड(१९)को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार नयाँ संक्रमित पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमतिको सङख्या १४ पुगेको छ । जसमध्ये एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।