धरानमा आगलागी , २ जनाको मृत्यु

Share This
  •  
  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares
धरानमा  आगलागी , २ जनाको मृत्यु


सुनसरी, जेष्ठ २२
सुनसरीको धरान उप-महानगरपालिका-१५ सिद्धकाली चोकमा रहेको नर बहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । आज बिहान सवा ८ बजे अचानक आगलागी हुँदा ८७ बर्षीया धनमाया श्रेष्ठ र ५८ बर्षीया सिता श्रेष्ठको आगोले जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उक्त आगलागी नेपाल प्रहरी, शशस्त्र प्रहरी र धरान तथा ईटहरीबाट गएको दमकलको सहयोगमा बिहान पौने १० बजे पुर्ण रुपमा नियन्त्रणमा आएको हो ।