इलाममा पनि भेटियो कोरोना संक्रमित

इलाममा पनि भेटियो कोरोना संक्रमित

इलाम, जेठ २७ । कोरोनाबाट इलाम पनि कोरोनाको संक्रमणबाट हालसम्म सुरक्षित बन्दै आएको प्रदेश १ को पूर्वी पहाडी जिल्ला इलाममा पनि कोरोनाको संक्रमण देखिएको छ । अब प्रदेश १ को १४ जिल्ला मध्ये ओखलढुङ्गामा मात्र कोरोनाको संक्रमण फेला परेको छैन ।

इलाम जिल्लामा पहिलो पटक कोरोनाको संक्रमण देखिएसंगै संक्रमित भएका जिल्लाको संख्या ७२ पुगेको छ । भारतको चेन्नाईबाट आएका सूर्योदय नगरपालिकाका २६ बर्षिय युवामा संक्रमण पुष्टि भएको हो । कोशि अञ्चल अस्पतालमा मंगलबार पिसिआर टेस्ट गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको हो । उनलाई उपचारको लागि पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिनुभयो । सूर्योदय नगरपालिका स्थित करफोक माविको क्वारेन्टाइनमा राखिएका युवामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएका ती युवा भारतको चेन्नइबाट झापाको काकडभिट्टा हुँदै जेठ १८ गते नेपाल प्रबेश गरेका थिए ।

इलाममा हालसम्म ४ सय १० जनाको पिसिआर परिक्षण गराइसकेको छ । जसमध्ये एकजनाको रिपोर्ट पोजेटिभ आएको हो । आरडिटी परिक्षण भने ९ सय ६० जनाको भइसकेको स्वास्थ्य कार्यालय इलामका कोभिड १९ फोकल पर्सन बिमल बरालले जानकार िदिनुभयो । यसै क्रममा भारतको विभिन्न स्थानमा रहेका नेपालीहरु इलामको पशुपतिनगर नाका हुँदै नेपाल भित्रने क्रम जारी छ । उक्त नाकाबाट जेठ ११ गते देखि हालसम्म २ सय ६३ जना नेपाल भित्रिएका छन् ।