इलामको सशस्त्र प्रहरी गणका थप १७ जनामा संक्रमण

इलामको सशस्त्र प्रहरी गणका थप १७ जनामा संक्रमण

इलाम : इलाममा शनिबार एकै दिन १७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सवै सशस्त्र प्रहरी रहेको जिल्ला स्वास्थ्य कार्यलय इलामका कोभिड १९ फोकल पर्सन विमल बरालले बताउनु भयो ।

इलाम सदरमुकाम स्थित सशस्त्र प्रहरीको १ नम्बर गणमा रहेका सशस्त्र प्रहरीमा संक्रमण भएको बरालले बताउनु भयो । गत १२ गते सशस्त्र प्रहरीका ४० जनाको स्वाब संकलन गरिएकोमा १७ जनाको रिर्पोट पोजेटिभ आएको बरालले बताउनु भयो । यो सँगै इलाममा सशस्त्र प्रहरीका २७ जनामा संक्रमण देखिएको छ ।

यसअघि साउन ११ गते ५ जना साउन १६ गते ५ जना सशस्त्र प्रहरीमा कोरोना पोजेटिभ देखिएको थियो । गणमा प्ररीक्षण गर्न बाकी रहेका अन्य सशस्त्र प्रहरीको भोलि विहान स्वाब संकलन गरिने बरालले बताउनु भयो । संक्रमित सबैलाई मोरङको गोठगाउमा रहेको कोरोना अस्पतालमा उपचारको लागि पठाउन लागिएको छ । यो सँगै इलाममा संक्रमितको संख्या ५७ पुगेको छ । उपचारपछि निको भएर २४ जना घर फर्र्किएका छन ।

सशस्त्रको गण नजिक बस्ती तथा कार्यलयहरु भएकोले फैलन सक्ने भन्दै स्थानीय बासी चिन्तित बन्न थालेका छन । दिनप्रतिदिन संक्रमितको संख्या बढ्न थालेपछि इलामका स्थानीयमा त्रास बढ्न थालेको छ । परीक्षणको दायरा बढाउनु पर्ने स्थानीय बासीहरुले आवाज उठाउन थालेका छन । यता स्वास्थ कार्यलयका कोभिड १९ फोकल पर्सन विमल बरालले परीक्षण गर्न आवश्यक भएकाहरुको परीक्षण गरी रहेको , कन्ट्रयाक ट्रेसिङ गरी परीक्षण गरीरहेको बताउनु भयो । अस्पतालका कर्मचारी , स्वास्थ्यकर्मी र कोरोना संक्रमणका शंका लागेका व्यक्तिहरु ४२ जना र कन्ट्रयाक ट्रेसिङ गरिएका ४७ जना गरी ८९ जनाको स्वाब संकलन गरिएले रिर्पोट आउन बाकी रहेको बरालले बताउनु भयो ।