logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • श्रीमतिको हत्या गरि फरार रहेका तामाङ पक्राउ

    श्रीमतिको हत्या गरि फरार रहेका तामाङ पक्राउ

    इलाम , फागुन ८
    आफ्नै श्रीमतिको हत्या पछी फरार रहेका सूर्योदय ननगरपालिका ५ खरबनेटोलका दिनेश तामाङ नेपाल भारतको सिमानाबाट पक्राउ परेको छन । गत फागुन २ गते राति तामाङले आफ्नै श्रीमति बर्ष १९ कि गिता तामाङलाई शरिरका भिबिन्न भागमा कुटपिट गरी हत्या गरेका थिए । हत्या पछी फरार रहेका तामाङलाई पक्राउ गर्न तत्काल प्रहरी द्वारा लुकीछिपी बस्न सक्ने एरिया इलाका र सिमानाकामा ब्यापक रुपमा सादा पोशाकमा प्रहरी खटिएका थिए । खोजीकार्य गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक नविन राईको टोलि र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देउ प्रसाद लिम्बुको टोलिले शुक्रबार राति सुर्योदय नगरपालिका ५ सिद्दिखोला र मेचिखोला दोभान स्थित भारत नेपालको सिमानाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक लालध्वज सुबेदिले बताउनु भयो ।



    निगरानी संवाददाता    
  • २०७७ फाल्गुन ८, शनिबार ०३:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP