logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • नेपालमा लक्षित समूहमा परेका ६८ प्रतिशतले कोरोन विरुद्धको खोप लगाए

    नेपालमा लक्षित समूहमा परेका ६८ प्रतिशतले कोरोन विरुद्धको खोप लगाए

    काठमाडौँ चैत २ नेपालमा लक्षित समूहमा परेका ६८ प्रतिशत मानिसमा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सोमबारको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले कोरोना विरुद्धको खोप अभियानको पहिलो र दोस्रो प्राथमिकतामा परेका ६८ प्रतिशतले खोप लगाइसकेको जानकारी दिनुभयो । दोस्रो चरणको खोप अभियानमा हालसम्म ६३ प्रतिशत अर्थात् ११ लाख १६ हजार ५ सय ३२ जनाले खोप लगाएको प्रा. डा गौतमले जानकारी गराउनुभयो । दोस्रो चरणमा ५५ वर्ष माथिका १७ लाख ८२ हजार ४ सय ६९ जनालाई खोप दिने लक्ष्य रहेको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७७ चैत्र २, सोमबार १३:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP