नेकपा स्थाइ समिति बैठक स्थगित , दुई दिन पछि बस्ने

Share This
  •  
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares
नेकपा स्थाइ समिति बैठक स्थगित , दुई दिन पछि  बस्ने

काठमाडौँ ,असार २४
आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटीको बैठक पुनः सरेको छ । बैठक आगामी असार २६ गते बिहान ११ बजेका लागि राखिएको जनाइएको छ । आन्तरिक विवाद मिलाउन शीर्ष नेताहरुको छलफल चलिरहेकाले बैठक पुनः सरेको हो ।
पार्टी र सरकारको समन्वयका विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पछिल्ला दिनमा दैनिकजसो छलफल भइरहेको छ ।
पार्टी एकता जोगाउन दोस्रो तहका नेता र अन्य कार्यकर्ताले दवाव पनि दिँदै आएका छन् । स्थायी कमिटीको बैठक यही असार १० गतेदेखि शुरु भएको थियो ।