logo
  • २०८२ असार २८ | Sat, 12 Jul 2025
  • इलाम बजारमा निषेधाज्ञा

    इलाम बजारमा निषेधाज्ञा

    इलाम बैशाख २१ इलाम सदरमुकाम बजार क्षेत्रमा बुधबार देखि सर्वसाधारणलाई निस्कन निषेध गरिएको छ ।इलाममा कोरोना संक्रमण बढे सगै कोभिड – १९ संकट व्यवस्थापन केन्द्रले इलाम नगरपालिका ७ टुडिखेलदेखि जिरो किलोमिटर तथा जिरो किलोमिटर देखि धोबीधारा क्षेत्रका सर्वसाधारणलाई बैशाख ३१ गते सम्म अत्यावश्यक काम बाहेक बाहिर निस्कन नदिने गरि आवागमन बन्द गर्ने निर्णय गरेको छ । बजार क्षेत्रमा जाने सवारीलाई पनि कडाइ गरिएको छ । जिरोकिलोमिटर र धोबिधारा बाट बजार परिसरमा अत्यावश्यक बाहेक अन्य सवारीसाधन संचालन गर्न नदिने जनाएको छ । मेची राजमार्गमा भने सवारी संचालन हुने छ भने मेची राजमार्गमा पर्ने विल्याँटे बजारमा लामो दूरीका सवारी रोक्न नदिने केन्द्रको निर्णय छ ।
    मंगलबार इलामस्थित पूर्वेली जीपतथा ट्याक्सी व्यवसायी संघले वैशाख २२ गतेदेखि जिल्ला भरिका आफ्ना सबै काउन्टर एक हप्ताका लागि बन्द गर्ने निर्णय सार्बजनिक गरेको छ । संघले यातायात व्यवसायीलाई अत्यावश्यक काम बाहेक सवारी सञ्चालन नगर्न अनुरोध गरेको छ ।
    इलाम उद्योग वाणिज्य संघले पनि मंगलबार एक विज्ञप्ती जारी गर्दै विहान सात बजेदेखि विहान दश बजे सम्ममात्र पसल व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई अनुरोध गरेको छ । इलाममा हालसम्म ७१ जनामा कोरोना पुष्टि भएको छ भने चार जनाको मृत्यु भैसकेको छ ।



    निगरानी संवाददाता    
  • २०७८ बैशाख २१, मंगलवार १७:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    कोरोना भाइरसबाट बच्न निगरानी डटकमद्धारा जारी सन्देश …कुनै व्यक्ति, वस्तु वा सामान छुनु पहिले र छोइसकेपछि साबुन पानीले राम्रोसँग हात धुने । अनावश्यक रुपमा घर वाहिर र भिडभाडमा नजाने, भिडभाड नगर्ने र गर्न नदिने । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख कुहिनोले छोप्ने । जंगली तथा घरपालुवा पशुपंछिसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने । बाहिरबाट आयातित माछामासु सकेसम्म उपभोग नगर्ने । जथाभावी मुख, आँखा, कान, नाक नछुने । दैनिक उपभोग सामान खरिद गर्न वाहेक बजार र हाटबजार नजाने । विदेश वा अन्य जिल्लाबाट आएका संकास्पद व्यक्तिहरु कम्तिमा १५ दिनसम्म अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा रहने । ज्वरो, रुघा र खोकी तथा श्वासप्रश्वासमा समस्या भएमा चिकित्सकसँग परामर्श गर्ने ।सामान्य किसिमको मौसमी विराम उपचारको लागि स्वास्थ्य चौकीमा भिडभाड नगर्ने । आवश्यक परेमा सञ्चार सेवाबाट परामर्श लिने । खाद्यसामाग्री तथा अत्यावश्यक वस्तु र औषधिजन्य पदार्थको अनावश्यक खरिद गरी जम्मा नगर्ने र गर्न नदिने । घरेलु प्रयोगमा आउने एल।पी। ग्यासको सट्टामा वैकल्पिक उर्जाको प्रयोग गर्ने । अफवाह फैलाउने, त्रास फैलाउने र गलत सूचना प्रवाह नगर्ने । ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दीर्घरोगीलाई विशेष निगरानीमा राख्ने ।दैनिक योग, व्यायाम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा उपभोग गर्ने । बजारमा कालोबजारी गरेको तथा अत्यावश्यक वस्तु लुकाईराखेको भेटिए नजिकको प्रहरी चौकीमा जानकारी गराउने । निगरानी डटकम
    ताजा अपडेट
    TOP