कांग्रेस नेता भट्टराई सम्मानित

कांग्रेस नेता भट्टराई सम्मानित

सुरेश भट्टराई । इलाम
नेपाली कांग्रेसका नेतामध्येका एक तोयनाथ भट्टराई ‘टीएन’लाई १०९ औ वि पी जयन्तीको अवसरमा इलामको सूर्योदयमा सम्मान गरिएको छ ।
८८ वर्षीय भट्टराईले सम्मान पछि भने ‘यहाँहरुको मायाले मेरो आयु नै लम्ब्याए जस्तो लाग्छ ।’ भट्टराईले लगातार छ वटा महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बन्ने अवसर पाएका छन् । भट्टराईले भने ‘अब मलाई लाभको पदमा जाउ नभन्नु ।’ त्याग, निष्ठा र आदर्शका लागि इलामका कांग्रेसीजनाले आदर्श मान्ने उनले ‘सबै मिलेर विपीका सपना साकार पार्नुपर्ने बताए ।
नेपाली कांग्रेस सूर्योदय नगर कार्यसमितिले आयोजना गरेको कार्यक्रममा संविधान सभाका सदस्य तथा नेपाली काग्रेसका महासमिति सदस्य टिकाराम सुब्बाले प्रजातन्त्रका लागि जेलनेल भोगेका भट्टराई निष्ठाका प्रतिक भएको बताए । उनले भने ‘उहाँबाट कांग्रेसका कार्यकर्ताले त्याग र आदर्श सिक्नु पर्छ ।’
८ वैशाख १९९२ मा बाबु गजाधर भट्टराई धनकुमारी भट्टराईको कोखबाट जन्मिएका भट्टराई विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय भएका थिए । नेपाली काग्रेस सूर्योदयका नगर सभापति जिवन नेपाल भन्छन् ‘ वेदाग राजनीतिक पृष्ठिभुमि नै उहाँको पहिचान हो ।’
पञ्चायती व्यवस्थाले बाबु गजाधर मट्टराईलाई पक्राउ गरेपछि आफूमा राजनीतिक चेत सुरु भएको उनी बताउँछन् ।
२०१५ को आमनिर्वाचनमा कांग्रेसको तर्फबाट माबुमा बुथप्रतिनिधि खटिए । त्यसपछि उनको राजनीतिक जीवन सुरु भयो । उनी २०१९ मा प्रधानपञ्च निर्वाचित भए ।
२०३० मा जिल्ला पञ्चायतको सभापति बनेका भट्टराई पञ्चायती शासनकै बेला उनी भूमिगत रुपमा रहेको पार्टीको जिल्ला समापति पनि बनेका थिए । जनमत संग्रहको घोषणा भएपछि भट्टराई बहुदलको पक्षमा खुले ।
बहुदलीय व्यवस्था र पार्टीको गतिविधिमा संलग्न हुँनथालेपछि भट्टराई २०४२ सालमा आठ महिना जेल परे । जेलमानै बिरामी भएपछि आठ महिनामा नै जेलमुक्त भए ।

२०४६–०४७ को आन्दोलन पछि संसदीय राजनीतिमा जान प्रयास गरेपनि सफल भएनन् । उनले सुनाए ‘त्यही पराजयको कारण अहिले तपाईहरुले मलाई सम्झि रहनु हुन्छ ।’
कांग्रेसका युवा नेता वालकुमार भण्डारी भन्छन् ‘हारमा पनि उतिनै खुशी हुने नेता हो उहाँ ।’ कार्यक्रममा कांग्रेस नेता दिपक अधिकारी, हिमालय कर्माचार्य, इलाम क्षेत्र न १ का क्षेत्रीय सभापति समशेर राई, नेपाल महिला ंघ सूर्योदयकी सभापति हेममाया (रामु) प्रधान लगायतले भट्टराईको योयदानको चर्चा गरेका थिए ।