logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • अल्पमतमा परेको तीन दिनमा ओली पुनः प्रधानमन्त्री

    अल्पमतमा परेको तीन दिनमा ओली पुनः प्रधानमन्त्री

    काठमाण्डौ ,बैशाख ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा पुनः नियुक्त गर्नु भएको छ । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिनु भयो । प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्नु भएको थिएन । त्यसपछि स्वतः पदमुक्त हुनु भएका ओली दलहरूलाई बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिएको तीन दिनको समयमा कसैको दाबी नपरेपछि पुनः प्रधानमन्त्री नियुक्त हुनु भएको हो । ओलीलाई शुक्रबार शपथ दिउँसो गराउने तयारी भइरहेको प्रवक्ता भट्टराईले बताउनु भयो । ओलीलाई हटाएर नयाँ सरकार गठन गर्ने विपक्षी दलको प्रयास असफल भएपछि ओली प्रधानमन्त्री बन्नु भएको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७८ बैशाख ३०, बिहीबार १७:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP