logo
  • २०८१ मंसिर १९ | Wed, 04 Dec 2024
  • काङ्ग्रेसमा चर्कीयो गुट विवाद

    काङ्ग्रेसमा चर्कीयो गुट विवाद

    काठमाडौं । नेपाली कांग्रेसभित्र संस्थापन र संस्थापन इतर समूहबिचको झगडाले उग्र रुप लिएको छ । आइतबारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा संस्थापन इतरका जिल्ला सभापतिहरु बैठकका लागि भेला भएसँगै विवाद अझ बढ्ने देखिएको छ ।
    पार्टी सभापती शेरवहादुर देउवासँग असन्तुष्ट वरिष्ठ नेताहरु रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला, महामन्त्री शंसाक कोइरालाले वैठकलाई नेतृत्व गरेपश्चात् संस्थापन पक्ष झस्किएको छ । जिल्ला सभापति परामर्श बैठक भनेर नाम दिइए पनि वैठकको उद्देश्य आसन्न महाधिवेसनका लागि देउवा विरुद्धको एकजुट अभियानको रुपमा लिइएको छ ।
    बैठकमा संस्थापन इतर सभापतिहरुको मात्र सहभागिता रहेको छ । देउवा निकट जिल्ला सभापतिहरुले यसलाई रुचाएका छैनन् । भेलाको पहिलो दिन अर्थात् आइतबार ४२ जिल्लाका सभापतिहरुको उपस्थिती रहेको बताइएको छ । पौडेल निकट एक सभापतिका अनुसार सोमबार सम्मा ५० जिल्लाका सभापतिहरु उपस्थिती गराउने योजना रहेको छ ।
    बैठकले पुस ११ गते सभापति देउवाले एकलौटी गरेको निर्णयलाई गम्भिर त्रुटीको रुपमा व्याख्या गरेको छ । उक्त निर्णयलाई पार्टी संस्कार, परम्परा, लोकतान्त्रिक उच्च मूल्याङ्कन र आफैद्वारा पारित विधानको धज्जी उडाउने काम भएको बैठकको निष्कर्श छ । वैठक पछि निगरानीसँगको कुराकानीमा इलाम जिल्लाका पार्टी सभापति हिमालय कर्मचार्य संस्थापन पक्षको एक पक्षिय अडानका बिच कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताउँछन् । ‘१३ औं महाधिवेसनवपश्चात् पार्टी तदर्थवादबाट चल्यो, विधानसम्वत चलाउन संस्थापन पक्ष लागेन सधै वहुमतको दम्भ देखाएर अघि बढ्यो’,उनी भन्छन्–‘केन्द्रिय कार्यसमितिको विधान संसोधन आफूखुसी गर्ने, त्यहाँ भएको प्रावधान खारेज गर्ने जस्ता हर्कत बढेकाले त्यस विषय धारणा बनाउन पनि यो परामर्श बैठक आयोजना भएको हो ।’ कर्मचार्यका अनुसार यी विषयहरु १४ औं महाधिवेसनमा संस्थापन इतरको प्राथामिक एजेण्डा बन्ने तयारी भइरहेको छ ।
    देउवालाई ‘काउन्टर’ !
    केन्द्रिय कार्यसमितिको बैठक मुख्य एजेण्डा राखेर आयोजना भएको सभापतिहरुको बैठकले देउवालाई ‘काउन्टर’ दिने प्रयास गरेको छ । भातृ संगठनको वाडफाड, कृयाशिल सदस्यता वितरण र महाधिवेसनको मिती लगायतको विषयमा ‘गिभ एण्ड टेक’ को विषयमा सोमबार छलफल गर्ने तयारी बैठकले गरेको बैठकमा सहभागिहरुले जानकारी दिएका छन् । ‘हामी यसरी संगठित भएकमा आगामी महाधिवेसनमा देउवालाई साइड लगाउन समस्या छैन’, पौडेल निकट एक सभापति भन्छन्–‘यसलाई टिकाउन भने चुनौती छ ।’
    यता, संस्थापन पक्ष यो विषयले हच्किएको छ । छलफल शुरु हुनु एक दिन अघि बैठक रोक्न देउवा पक्षले ठूलो कसरत गरेको थियो । जसका लागि विवाद मिलाउन लागि परेको संस्थापन पक्षका समूहले शनिवार रामचन्द्र पौडेलसँग छलफल गरेको थियो । तर, पौडेल समूहले कुरै नसुनी छलफल राखेको उनीहरुको तर्क छ । ‘हामीले पटक पटक रामचन्द्र दाईलाई छलफल रोकेर वार्तामा बस्न आग्रह गरेका हौ’, देउवा निकट एक केन्द्रिय सदस्यले भने–‘उहाँ मान्नु भएन, उहाँले यसलाई सामान्य परामर्शको रुपमा मात्र बुझ्न अनुरोध गर्नुभयो ।’
    संस्थापन पक्षबाट आफूहरु पटक पटक हेपिएपछि मोर्चा बन्दी गर्नु परेको पौडेल निकट एक केन्द्रिय सदस्यको दावी छ । ‘उहाँ हाम्रो कुरै सुन्न चाहानु हुन्न अनि हामीले विकल्प खोजेका हौं’, उनी भन्छन् । तर पौडेल निकट सभापति हिमालय कर्मचार्य संस्थापन पक्षलाई काउन्टर दिनमात्र यो छलफल भएको भनि वुझ्नु गलत भएको बताउँछन् । ‘काउन्टर नै भनेर भन्ने वेला आएको छैन, तर सभापति ज्यूले विभाग गठन गर्ने, महाधिवेसन तोक्ने विषयमा छलफल परामर्श चाहिँ नगर्नुभएकै हो ।’ वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शसांक कोइरालाले सबै जिल्ला सभापतिहरुलाई परामर्शमा सहभागि हुन अनुरोध गरेको कर्मचार्यको तर्क छ ।
    यस्तो छ ध्यानाकर्षण
    बैठकले चारबटा बुँदामा ध्यानाकर्षण गराएको छ । बुँदाको पहिलो नम्बरमा पार्टीले लिने प्रत्येक निर्णय विधानसम्वत नभएको निष्कर्श निकालेको छ । उक्त बुँदामा विधानमा तोकिएभन्दा फरक निर्णय लिनु परे विधानमा व्यवस्था भए अनुसारको संसोधन प्रकृयाबाट समाधान निकाल्नु पर्ने उल्लेख गरिएको छ ।
    दोस्रो बुँदामा महाधिवेसनमा तदर्थबाद भएको यसको विरोध गरिएको छ । बुँदा नम्बर दुईमा महाधिवेसन जस्तो महत्वपूर्ण अवसरलाई सबैलाई स्विकर योग्य बनाउन सबैको सहमति आवश्यक भएको आशय प्रकट गरिएको छ । यता, बँदा नम्बर तीनमा पार्टी सदस्यता वितरण कार्यलाई चाडोभन्दा चाडो शुभारम्भ गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराइएको छ । यस्तै चौथो तथा अन्तिम बुँदामा पार्टीभित्रको कार्यसम्पादन प्रकृया सहमति, सहकार्य, सहअस्तित्व तथा समझ्दारीका आधारमा गर्नुपर्ने उल्लेख गरिएको छ ।
    बैठकले संस्थापन पक्षसँग जारी संवादलाई अझ व्यापक बनाउने निर्णय गरेको छ । जसका लागि प्रकाशमान सिंह नेतृत्वको वार्ता समितिलाई नै ‘फ्रन्टलाइन’बाट अघि बढाउने निर्णय गरेको छ । आजको बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल , महामन्त्री शसांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, नेताहरु प्रकाशमान सिंह , रामशरण महत, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, गगन थापा, प्रदिप पौडेल, डा. चन्द्र भण्डारी लगायतको उपस्थिती रहेको थियो । सोमबारको बैठकमा कृष्णप्रसाद सिटौला र शेखर कोइराला पनि सहभागि हुने जनाइएको छ ।



    Avatar निगरानी    
  • २०७६ पुष २२, मंगलवार ०३:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP