इलाममा भएको सवारी दुर्घटनामा परि १३ जना घाईते

इलाममा भएको सवारी दुर्घटनामा परि १३ जना घाईते

इलाम । मेची राजमार्ग अन्र्तगत इलामको पुवाखोलामा बोलेरो जीप दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । ताप्लेजुङबाट झापा जाँदै गरको को १ ज ३३२९ नम्बरको सो जीप शुक्रबार दिउँसो राजमार्गबाट चार सय मिटर तल झरेको थियो ।

दुर्घटनामा चालक इलाम नगरपालिका २ का २४ बर्षिय चुणामणी घिमिरे सहित ताप्लेजुङ याङ्बरक गाउपालिका ५ की २१ वर्षिय मनिषा तामाङ सोही गाँउपालिका बडा नं ६ का २४ वर्षिय लोकेन्द्र सिलवाल फुङलिङ न.पा ६ की ३० वर्षिय निमा खतिवडा झापा मेचिनगर नगरपालिका ९ का २२ बर्षिय दिवान राई सहित १० महिनाकी बच्चा रियन्सा राई यस्तै सोही स्थानकी २२ वर्षिय मञ्जली राई भद्रपुर न.पा ३ का ५३ बर्षिय इन्द्र ब. काकी , ५६ वर्षिय जित ब. थेबे पाँचथर फालेलुङ गाउँपालिका १ की ३२ वर्षिय अप्सरा कोइराला याङबरक गाउपालिका ५ का ५१ वर्षिय प्रेम तामाङ सोही गाउपालिका बडा नं ६ का २३ वर्षिय दिपेन्द्र कोइराला र भोजपुर श्यामसिला गाउँपालिका १ का २७ वर्षिय सुरेन राइ घाईते भएका छन् ।

दुर्घटनामा घाईते भएकाहरुलाई इलाम अस्पतालमा उपचार गरी गम्भिर घाइते आठ जनालाई झापाका विभिन्न अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।