logo
  • २०८१ मंसिर १९ | Wed, 04 Dec 2024
  • कोरोना भाइरसको कारण विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा

    कोरोना भाइरसको कारण विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा

    इलाम। कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’ ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि जेनेभामा भएको डब्लयूएचओको आपतकालीन बैठकले आपतकाल घोषणा गरेको हो ।

    आपतकालीन अवस्था घोषणा गर्दै डब्ल्यूएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले चीनसँगै सम्पुर्ण विश्वले कोरोना विरुद्ध सचेतना अपनाउनुपर्ने बताए । कमजोर स्वास्थ्य अवस्था रहेका मुलुकमा यसले ठुलो समस्या निम्त्याउने अवस्था रहेको उनको भनाइ थियो । डब्लुएचओले यसअघि स्वाइनफ्लु, पोलियो, जिका, तथा इबोला सङ्क्रमणको समयमा पनि विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

    विश्व स्वास्थ्य संगठनका अनुसार भाइरसको संक्रमणवाट हालसम्म २ सय १३ जनाको मृत्यु भएको छ । पछिल्लो पटक चीनमा थप दुई हजारमा संक्रमण देखिएको छ । चीन बाहेकका १८ देशका ९८ जनामा संक्रमण देखिएको डब्लुएचओले जनाएको छ । पछिल्लो समय कोरोना भाइरस जर्मनी, जापान, भियतनाम र अमेरिका लगायत देशमा मान्छेवाट मान्छेमा सरेको भेटिएको छ ।



    Avatar निगरानी    
  • २०७६ माघ १८, शनिबार ०९:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP