इलाम:भारतको दार्जिलिङ जिल्लामा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा सोमबार एक मालवाहक रेलले यात्रुबाहक रेललाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् । टेलिभिजन च्यानलहरूले एउटा रेलअर्को रेलको टुप्पोमा ठोक्किएको र एउटा डिब्बा हावामा ठाडो गरी उठिरहेको भिडियो देखाएका छन्। दुर्घटनालगत्तै चिकित्सक र एम्बुलेन्सहरू दार्जिलिङ जिल्लामा दुर्घटनास्थलमा पुगेका थिए। उद्धारकर्मीहरूले भग्नावशेषको खोजी गर्दा सयौं मानिसहरू जम्मा भएका थिए। नर्थईस्ट फ्रन्टियर रेलवेका प्रवक्ता सब्यसाची डेका अनुसार मृत्यु भएका नौ जनामध्ये तीन जना रेलवे कर्मचारी थिए । करिब ५० जनालाई अस्पतालमा भर्ना गरिएको छ ।
प्रतिक्रिया