कोरोना संक्रमणबाट थप २ को मृत्यु ,नेपालमा हालसम्म १३जनाको मृत्यु

Share This
  •  
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share
कोरोना संक्रमणबाट थप २ को मृत्यु ,नेपालमा हालसम्म १३जनाको मृत्यु

काठमाडौँ ,जेठ २४

 नेपालमा कोरोना संक्रमण बाट शनिबार २ जनाको मृत्यु भएको छ।  डोल्पाका ५८ वर्षीय पुरुष र  अर्का ५५ बर्षीय महिलाको पनि मृत्यु भएको छ। महिलाको सेती अस्पताल धनगढिमा उपचारको क्रममा मृत्यु भएको हो।

जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको जेठ २० गते मृत्यु भएको थियो । स्वाव संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको हो।जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डौल्पा पुगेका थिए ।

त्यस्तै, धनगढी ४ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उनको शुक्रबार डायलाइसिसका क्रममा मृत्यु भएको हो। उनको पिसिआर परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको छ।योसँगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ। नेपालमा अहिलेसम्म ३२३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ।