इलाममा सुरक्षाकर्मी सहित छजनामा कोरोना संक्रमण पुष्ठि

इलाममा सुरक्षाकर्मी सहित छजनामा कोरोना संक्रमण पुष्ठि

इलाम साउन १

इलाममा बिहीबार एकै दिन छ जनामा कोरोना संक्रमण देखिएको छ । इलाम नगरपालिकाको क्वारेन्टिनमा रहेका पाँच जना र क्वारेन्टिनको सुरक्षामा खटिएका एक जना सुरक्षा कर्मीको रिर्पोट पोजेटिभ देखिएको इलामका कोभिड १९ फोकल पर्सन बिमल बरालले बताउनु भयो । संक्रमित सबै इलाम नगरपालिकाका रहेका छन । इलाम नगरापालिका ८ का एक जना , इलाम नगरपालिका ७ का दुई जना , इलाम नगरपालिका १० का तीन जनामा कोरोना संक्रमण भएको हो ।उनीहरु मध्ये कुवेत, कतार र ग्रीसबाट एकएकजना आएका थिए भने २ जना भारत बाट गएको असार १७ गते नेपाल आएका थिए । एक जना भने नेपाली सेनाका जवान रहेका छन । संक्रमितहरु १९ वर्षका दुइजना पुरुष, २२ वर्षका दुइजना पुरुष ,४० वर्षका एक जना पुरुष र एकजना ३२ वर्षका पुरुष रहेका छन । संक्रमितहरुलाई आजै मोरङको गोठगाँउमा रहेको कोरोना अस्पातालमा लगिदै छ । यस अघि इलाममा १६ जना कोरोना संक्रमण भएको थियो जसमध्ये १० जना निको भएर घर फर्किएका छन ।