उदयपुरमा इलामका युवाको मृत्यु

उदयपुरमा इलामका युवाको मृत्यु

इलाम मदनभन्डारी राजमार्गको गाईघाट-कटारी सडक खण्डको त्रियुगा नगरपालिका ७ कालिखोला होक्सेमा दुर्घटना हुँदा मोटरसाइकल चालक  इलामको सूर्योदय नगरपालिका ११ सुन्तलेका प्रगित राईको मृत्यु भएको छ ।

कटारिबाट गाईघाट आउँदै गरेको स १ख ८१६ नम्बरको यात्रुबाहक बस र प्रदेश १ -०१-०१६ प ४६७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा मोटरसाइकल चालक प्रगितको मृत्यु भएको हो ।
प्रगित इटहरीबाट काठमाडौं जाँदै गरेको बताइएको छ । प्रत्यक्षदर्शी सोम दनुवारका अनुसार सख्त घाइते राईलाई जिल्ला अस्पताल उदयपुर पुर्‍याएपछि अस्पतालले मृत घोषणाा गरेको थियो  । अस्पतालको इमर्जेन्सी विभागले पनि राईको मृत्यु भएको जानकारी दिएको छ ।
तेईस बर्षिय राईलाई द्रुत गतिमा आएको बसले उनकै साइडमा आएर ठक्कर दिएको प्रत्यक्ष दर्शीले बताए । “ठक्कर दिएपछि पनि निकै वर सम्म पेलेर ल्याएको देखिन्छ ।” स्थानीयले भने ।