घरभित्रबाट बाहिर नियाल्दा

घरभित्रबाट बाहिर नियाल्दा

नेत्रप्रसाद निरौला
विश्वव्यापिरुपमा फैलिएको माहामारी कोरोना रोक्नकालागि नेपालले पनि मिति २०७६ साल चैत्र ११ गतेदेखि देशव्यापिरुपमा बन्दाबन्दि (लकडाउन) सुरु गर्यो । यो माहामारी एकअर्का सँगको प्रत्यक्ष भौतिक सम्पर्कको माध्यमबाट बढी मात्रामा सर्न सक्ने जोखिम भएको सरुवा रोग भएकोले यो बन्दाबन्दि एक प्रमुख विकल्प थियो । यसबाट हरेक क्षेत्र प्रत्यक्ष वा परोक्षरुपमा प्रभावित रहयो । शैक्षिक क्षेत्र,उद्योगधन्दा, कलकारखाना, व्यापार जस्ता क्षेत्रहरुमा यो बन्दाबन्दिले बढी नै नकरात्मक असर पु¥याएको छ । मुलतः बाहिर निस्कने, भेटघाट गर्ने, समुह बनाएर हिड्ने जस्ता कृयाकलाप एक ढंगले पूर्णरुपले बन्द भयो ।
घरमा बसेर गर्ने कृयाकलापहरु मध्ये धेरैले तीन प्रकारका कृयाकलापहरुमा आफ्नो समय प्रयोग गरेको पाईयो । प्रथमतः सामाजिक सञ्जालमा पहँुच भएकाहरुले सामाजिक सञ्चालको प्रयोगमा आफ्नो समय व्यस्त बनाए । दोस्रोः धेरैले नयाँ पुराना चलचित्रहरु हेरेर आफनो समय बिताए र थुप्रै मानिसहरुले आफुलाई मनपरेका नयाँ पुराना पुस्तकहरु पढेर आफ्नो समयको सदुपयोग गरेको पाईयो ।
सामाजिक सञ्जाल यो एक्काईसौ शताब्दिको एउटा महत्वपूर्ण आविस्कार हो । यसले धेरै क्षेत्रका मानिसहरुलाई सहयोग पु¥याएको छ । प्रायः सबै पेशा व्यावसायका मानिसहरुलाई यसले सहयोग नै पु¥याएको पाईन्छ । सामाजिक सञ्जालले राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रहरुमा घटेका घटनाहरुको सूचना द्रुत रुपले फैलाउन जसरी सहयोेग पु¥याएको छ । यो भन्दा बढी कतिपय घट्नाहरु प्रति सम्बन्धित सरोकारवालाहरुलाई जवाफदेहिता बनाउन पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ । आजभोलि यसका थुप्रै उदाहरणहरु हामी पाउँछौ । सामाजिक सञ्जालमा भएको आलोचना, विरोध र समर्थनबाट धेरै शासक,प्रशासकहरु पछाडि फर्केका उदाहरण प्रसस्त छन । अहिले त मलाई लाग्न थालेको छ, सायद यो सामाजिक सञ्जाल नहुने हो भने अरु देशमा मात्र हैन, हाम्रो देशमा पनि शासकहरुका केहि उदण्ड कृयाकलापहरु कार्यान्वयन हुनबाट रोकिने थिएन होला । यसले तल्लो तहसम्म सूचना प्रवाह गर्न र विचारहरुलाई एकिकृत गर्दै गलत कृयाकलापहरु विरुद्ध संगठन निर्माण गर्न ठूलो योगदान पु¥याएको देखिन्छ । ओली सरकारको संसद विगठनको कदम होस वा यस अघिका सर्वोच्च अदालतका गलत निर्णय विरुद्ध होस वा सरकारले ल्याएको दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लैजान अथवा अरु थुपै्र सरकारका निहीत स्वार्थले ब्यक्तिगत लाभकालागि ल्याइएका नियम,कानून,अध्यादेश आदि रोक्न सामाजिक सञ्जालले अहं भूूमिका खेलेको छ भन्दा अतिशयोक्ति हुदैन ।
तर, यहाँ एउटा प्रश्न उठ्नसक्छ, सामाजिक सञ्जालले दिएका पिडामा मौन बस्ने अवस्था छ त ? हो यसको गलत प्रयोगका कारण समाजमा केहि विकृतिहरु देखिएका छ । हामीले बुझ्नु पर्ने कुरा के हो भने यो विकृति, अपराध सामाजिक सञ्जालले ल्याएको नभै हाम्रो गलत प्रयोगको परिणाम हो । थुप्रै अभिभावकहरुको गुनासो पनि छ पछिल्ला समयमा आफ्ना छोराछोरी सामाजिक सञ्जालका कारण विग्रिए । तर, यथार्थमा यसो होईन, यसको समुचित प्रयोगलाई ध्यान दिने हो भने विद्यार्थीको शैक्षिक स्तर बढाउन यसले सहयोग नै पु¥याउँछ । यसको उचित प्रयोग,ब्यवस्थापनमा भने ध्यान दिनै पर्छ । मनसुनमा पानी प¥यो भनेर चिन्तित हुनुको कुनै तुक छैन,यसले ल्याउने विपद्कालागि सजग,सतर्कता,व्यवस्थापन र पूर्वतयारीको जरुरी पर्छ,मनसुनमा प्रसस्त पानी नपरे यसबाट पर्न सक्ने भयावह परिस्थितिको हामी कल्पना पनि गर्न सग्दैनौं ।
लकडाउनको समयमा धेरैले चलचित्र हेरेर पनि समय कटाएको पाईयो । आफुलाई मन पर्ने नयाँ,पुराना चलचित्रहरु हेरेर । त्यस्तै मैले पनि केहि नेपाली,हिन्दी चलचित्र दोहो¥याउने मौका पाएँ,यद्यपि म चलचित्रको शौखिन भने होईन । मैले हेरेका हिन्दी चलचित्रहरुमा,अन्धा कानून (सन १९८३),घात (सन २०००),नायक (सन २००१),गंगाजल ( सन २००३) आदि केहि हुन । ( म यहाँ यि चलचित्रहरुको समालोचना गर्न गईराखेको छैन । म खाली मेरो ब्यक्तिगत विचार मात्र प्रस्तुत गरीराखेको छु ।) यस पटक मलाई के लाग्यो भने यि चलचित्रहरुको वाहिरी आवरण, मसला,प्रस्तुित,चरित्रहरु फरक देखिए पनि मुख्य भित्री विषयवस्तुहरु उस्तै उस्तै छन । मुख्य खलनायकहरु समाजसेवाको नाममा राजनीतिलाई पेशाबनाउँछन । उनीहरुमा अपराध गरेर,भ्रष्टचार गरेर सम्पत्ति कमाउने ध्याउन्न बाहेक केहि पनि हुदैन । यसका लागि उनीहरु कुनै पनि प्रकारका अपराध गर्न पछि हडदैनन, हत्या, हिंसा, बलात्कार, अपहरण आदि । यस्ता अपराधिक कृयाकलापहरुमा उनीहरुलाई साथ र सहयोग पु¥याइ रहेका हुन्छन प्रहरी र प्रशासनले । प्रहरी र प्रशासन जनता, राज्य प्रति भन्दा पनि अपराधिक समुहहरुप्रति बढी उत्तरदायि हुन्छन । यस पछि नायकको प्रवेश हुन्छ र कथा विषयवस्तु अगाडि बढ्छ,चलचित्रको अन्त्यमा नायकले नै सफलता हासिल गर्छ, तर व्यवहारमा भने यस्तो नहुन सक्छ । दशकौ अगाडि निर्माण भएका यस्ता अधिकांश चलचित्रहरुका कथा विषयवस्तुहरुले आजसम्म पनि हाम्रो अगाडि रहेको समाजिक, राजनैतिक विकृति र विसंगतिलाई प्रतिनिधित्व गर्छ । हाम्रो अगाडि धेरै क्षेत्रमा परिवर्तन आयो, विकास भयो, नयाँ नयाँ प्रविधिको विकास भयो, राजनीतिमा खासै फेरबदल भएन; शोषण, अभाव, समस्या, पिढा, विभेद, विभाजन आदिलाई कुनै विशेषवादले पनि रोक्न सकेन, पहुँचमा पुग्नेहरु स्वार्थमा निर्लिप्त भए,आज भन्दा चार पाँच दशक अगाडिको कथा विषय बस्तु अझै जिवन्त रहनु हाम्रोलागि दुर्भाग्य हो । चलचित्रको कथामा भएको रहस्य, अन्याय, अत्याचार आदि दर्शकले यस्तो पनि हुन्छ र व्यवहारमा भनेर शंका गर्ने घट्नाहरु अहिले सम्म पनि समाजमा व्याप्त छ, हामीले यसलाई रोक्न सकेनौ, यसका थुप्रै उदाहरणहरु आजभोलीको समकालीन राजनितीमा देख्न सकिन्छ ।
सर्वोच्च अदालतले दिएको रञ्जन कोइरालाको सजाय घटाउने निर्णय होस वा पृथ्वी मल्लको निर्णय, घट्नाक्रमहरु कम रहस्यम र स्वार्थपूर्ण छैनन जसलाई थोरै मसला हालिदिने हो भने राम्रो चलचित्र निर्माण हुन सक्छ ।
लकडाउन कै समयमा अर्को काम पुस्तक पढ्ने रहयो । यो समयमा नयाँ पुराना गरेर मैले एक दर्जन पुस्तक पढि सकें । यस मध्ये कुमार भट्टराईद्धारा लिखीत अश्वत्थामाले राम्रो प्रभाव पा¥यो । माहाभारत कथाका एउटा सानो पात्रहुन अश्वत्थामा, माहाभारत कथा श्रृङ्खलामा उनको भूमिका छोटो छ, तर तिनै पात्रलाई नायक बनाएर लेखक यस पुस्तकका अरु सम्पूर्ण चरित्रहरुलाई उनको ्वरिपरी घुमाउँछन जसबाट पाठकले कुनै पनि घट्नाक्रममा पछाडि बुनिने तानावाना कसरी तयार हुन्छन र देखिने पात्रहरु र नदेखिने पात्रहरुको भूमिकाका फरकका बारेमा पाठकलाई प्रष्ट्याउने प्रयास उत्कृष्ट छ । समाजमा व्याप्त कथा भन्दा भिन्न प्रकारको वा हामीले सोच,े सुने भन्दा फरक प्रकारले कथाका पात्रहरुलाई उभ्याइएको अवस्था पनि यस पुस्तकको राम्रो पक्ष हो । हामी हाम्रो समाज (राजनैतिक वृत्त) भित्र बाहिरबाट बहुमतले राम्रा मानेका,भनेका पात्रहरु साच्चै राम्रा वा खराव हुन त भन्ने जिज्ञासा पनि यस पुस्तकको अर्को सवल पक्ष हो,हामी धेरै पाठक माहाभारत कथा श्रृङ्खलाका पात्र युधिष्ठिर प्रति बढी नै नतमस्तक छौ, दुर्योधन प्रति हाम्रो दृष्टिकोण सकरात्मक छैन । यस कथामा भने युधिष्ठिर भन्दा दुर्योधन बढी सहयोगि,उदार र समाज र राष्ट्रप्रति बढी सम्बेदनशील देखिन्छन । यो समाज र सामाजिक दृष्टिकोण प्रति विद्रोह हो । यस्तै यस पुस्तकको सबैभन्दा महत्वपूर्ण पक्ष,भने यस पुस्तकका मुख्य पात्र अश्वत्थामाको मुखारबिन्दबाट लेखकले जुन विचारहरु अगाडि ल्याउँछन । ती भावना, विचारहरु उत्कृष्ट छन । “मान बढेर गएपछि अभिमान सुरु हुन्छ,” एक प्रसंगमा गुरु द्रोणचार्य छोरा अश्वत्थामालाई भन्नु हुन्छ । त्यस्तै युद्धकाबारेमा गुरु कृपाचार्य अश्वत्थामासंग भन्नुहुन्छ,“उनीहरुले मृत्यू पाए भाञ्जा,मृत्यू ! युद्ध गर्नकालागि नेतृत्व गर्नेहरुको परिवारको कुनै एक अमुक सदस्यले त्यसको प्रतिफल प्राप्त ग¥यो होला तर एकलाई राजा बनाउन करौडौले मृत्यू पाए । युद्धप्रति अन्धतापूर्ण समर्पित हुने केहीले त आफ्ना आवेगहरुलाई विसर्जन गर्ने मौका पाए होला तर कहिल्यै नदेखेको शत्रुसंगको युद्ध गर्न तयार भएर आएका सामान्य सैनिकहरु आफू त मरे मरे,आफ्ना परिवारका सदस्यहरुलाई समेत ज्यूंदै मारेर गए ।” यस्ता थुप्रै विचारहरु जो अहिलेको हाम्रो समकालिन समाज र राजनीतिसँँग मेल खान्छ ।हामीले पनि युद्ध लड्यौ,आन्दोलन ग¥यौ,तर एकाध नेतृत्व वर्गको जिवनवाहेक सर्वसाधारणका जिवनमा अपेक्षाकृत परिवर्तन नआएको सत्यहो । अझ गरिबका घर गोठ जल्न नरोकिनु र गरिबले उचित न्याय नपाउनु विडम्बना हो ।
(लेखक न्यूटन्स एजुकेशन एकेडेमि,वि न पा—६ का शिक्षक हुनुहुन्छ ।)