logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • टिप्परले ठक्कर दिदा मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु

    टिप्परले ठक्कर दिदा मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु

    टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा इलाममा बाबुछोराको मृत्यु भएको छ । राजमार्गको रोङ गाउँपालिका ३, हाँसपोखरीमा सूर्याेदय नगरपालिका ६, फाजीगाउँका ४० वर्षीय दीर्घराज राई र उहाँका ७० वर्षीय बुवा पवनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    झापाबाट प्रदेश १–०३–००१ प‍. १५८५ नम्बरको मोटरसाइकलमा फाजीगाउँ फर्किंदै गर्दा विपरीत दिशाबाट आएको को. १ ख. ६४६२ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।

    दुर्घटनामा दुवैजना गम्भीर घाइते भएपछि उपचारका लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको थियो । उपचार क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । इलामको माईजोगमाई गाउँपालिका २ का टिप्पर चालक ३० वर्षीय खगेन्द्र थामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



    निगरानी    
  • २०८१ फाल्गुन १०, शनिबार ०६:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP