logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • उद्योग बाणिज्य संघ रोङमा राई

    उद्योग बाणिज्य संघ रोङमा राई

    रोङः इलामको रोङ गाउँपालिकाको रोङ उद्योग बाणिज्य संघको पहिलो साधारण सभा नगेन्द्र राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
    साधारण सभाले समितिको उद्योग उपाध्यक्षमा अर्जुन ढकाल, बाणिज्य उपाध्यक्षमा डाइमण्ड तिम्सिना र महिला उपाध्यक्षमा सिता न्यौपाने गरेको छ । । त्यसैगरी महासचिबमा माधब निरौला र सचिबमा नन्दकुमार गुरुङ चयन गरेको छ ।
    सभाले समितिको सदस्यहरुमा शुष्मा शर्मा ढकाल, कृष्ण श्रेष्ठ, रचनामाया भूजेल, डिना तामाङ, भरत राई, कमल प्रसाद अर्याल, तेजबहादुर राइ र रामबहादुर भूजेल चयन गरेको छ ।
    सभाले चिन्तामणि बरालको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरेको छ । लेखा समितिको सदस्यहरुमा उषा पौडेल( भुजेल) र दिनेश निरौला रहेका छन् ।
    निर्बाचन कार्यक्रम अनुसार प्रत्येक पदमा एक एक जना उम्मेद्वारको मात्र मनोनयन परेकाले सञ्चालक समिति र लेखा समितिलाई निबिरोध निर्बाचित भएको घोषणा गरिएको निर्बाचन उपसमितिका सम्योजक गणेश अर्यालले जानकारी दिए । नव निर्बाचित समितिका अध्यक्ष इको चिया उत्पादक सहकारी सस्थाका सञ्चालक समितिका सदस्य समेत रहेका छन् ।
    सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रोङ गाउपालिका अध्यक्ष मणिकुमार स्याङबोले नीजि क्षेत्रको बिकास नभइ देश बिकास हुन नसक्ने बताए । उद्योग बाणिज्य संघले गर्ने हरेक कार्यहरुमा गाउँपालिका सहकार्य गर्न तयार रहेको उनले बताए । रोङ गाउपालिका अध्यक्ष स्याङबोले बितीय साक्षरता कार्यक्रममा उद्योग बाणिज्य संघको भूमिका महत्व पूर्ण हुने भएकाले यो अभियानमा गाउँपालिकासंग सहकार्य गर्न आग्रह गरे । उनले कर वृद्धि गरेर सरकारलाई दह्रो बनाउनु अघि व्यवसायीलाई दह्रो बनाउन योजना निमार्ण गर्नुपर्ने बताए । स्थानीय उत्पादन प्रशोधन, उत्पादन र बजारीकरण गर्ने योजना सहित आउने व्यवसायीलाई गाउँपालिकाले सहयोग गर्ने बताए ।
    कार्यक्रममा सूर्योदय नगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले भारतसगको पशुपतिनगर नाकाबाट हुने कारोबार ब्यवस्थित बनाउन सहयोग गर्न आग्रह गरे । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका सदस्य प्रेमराज गुरुङ, रोङ ३ का वडा अध्यक्ष मात्रिका बराल, इको चिया उत्पादक सहकारी सस्थाका अध्यक्ष रनबहादुर गुरुङ, पामकोल बचत तथा ऋण सहकारी सस्थाका गोपाल निरौला, सूर्योदय नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरेन पौड्याल लगायतले शुभकामना मन्तब्य राखेका थिए । उद्योग बाणिज्य संघ रोङमा ३ वटा संघ सस्था सहित ८४ जना सदस्य रहेको नवनिर्बाचित समितिका महासचिब माधव निरौलाले जानकारी दिए ।



    Avatar निगरानी    
  • २०७९ फाल्गुन १८, बिहीबार १५:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP