logo
  • २०८३ बैशाख ८, मंगलवार | Tue, 21 Apr 2026
  • बलात्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिए

    • निगरानी
    • २०७६ आश्विन १४, मंगलवार ०९:२० गते
    बलात्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिए

    काठमाडौं। बलात्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्। संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि सभामुख महराले पदबाट राजीनमा दिएका हुन्।

    नेकपा सचिवालय बैठकको निर्णयपछि महराले प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका हुन्।

    ‘हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,’ राजीनामापत्रमा भनिएको छ।

    सभामुख महराले संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि नेकपाको आकस्मिक सचिवालय बैठक बसेको थियो।

    बैठकले बलात्कारको घटनामा छानवीनलाई सहयोग गर्न सांसद र सभामुख दुवै पदबाट राजीनामा दिन निर्देशन दिएको थियाे। सभामुखको नैतिक आचरणका सम्बन्धमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण गर्दै नेकपाले सो निर्णय गरेको हो।



    निगरानी    
  • २०७६ आश्विन १४, मंगलवार ०९:२० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP