होमक्बारेन्टाइनमै आत्महत्या !

Share This
  •  
  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares
होमक्बारेन्टाइनमै आत्महत्या !

इलाम : इलामको सूर्योदय नगरपालिका ८ शान्ति चोकका एक युवाले होमक्वारेन्टाइनमै आत्महत्या गरेका छन् । सूर्योदयनगरपालिकाको पशुपतिनगर स्थित क्वारेन्टाइनबाट ३ दिन अघि फर्केर होमक्वारेन्टाइनमा बसेका उनले गएराती आत्माहत्या गरेका हुन् ।
माघको अन्तिमसाता घरबाट हिडेका ३८ बर्षिय युवाराज वागदास १३ दिन घर फर्केका थिए । उनले घरै छेउको खन्युको रुखमा झण्डीएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका निरिक्षक रमेश राईले जानकारी दिए ।
बैशाख १६ देखि क्वारेन्टाइनमा बसेका वागदासको आएडिटीमा कोभिड १९ नेगेटिभ देखिएपछि २४ गते घर फर्काइएको थियो । यस अघि वागदासले चार पटक सम्म आत्महत्याको प्रयास गरेको स्थानीयले बताएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका निरिक्षक राईले जानकारी दिए ।
पशुपतिनगरको क्वारेन्टाइनमा ८ दिन बसेका उनको व्यवहार क्वारेन्टाइनमा बस्दा सामान्य रहेको पशुपतिनगर प्राथमिक स्वास्थ चौकी प्रमुख किरण खरेलले जानकारी दिए । उनले भने ‘हामी विहान बेलुका परिक्षणमा जाँदा उनी अरु जस्तै सामान्य थिए ।’ स्थानीय अनिश याक्खाका अनुसार वागदासका श्रीमती र ३ छोरी रहेका छन् ।