logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • प्रजातान्त्रिक योद्धाको नाममा इलाम जिल्लाकै ठूलो पत्रकारिता पुरस्कार घोषणा

    प्रजातान्त्रिक योद्धाको नाममा इलाम जिल्लाकै ठूलो पत्रकारिता पुरस्कार घोषणा


    इलाम , असोज २३ । प्रजातान्त्रीक आन्दोलनका योद्धा राम प्रसाद दुलालको स्मृतीमा इलाममा जिल्लाकै सबै भन्दा ठूलो राशिको पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ ।
    नेपाल प्रेस युनियन इलामले इलामले शनिबार फिक्कलमा आयोजना गरेको विजयादशमी, छट र दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा दुलाल परिवार र नातीनातीनाको तर्फबाट युनियनका केन्द्रिय सदस्य माधव प्रसाद चम्लागाईले प्रत्येक बर्ष कृषि, पर्यटन, शिक्षा लगयतको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान गर्ने पत्रकारलाई प्रदान गर्ने गरि राम प्रसाद दुलाल (जिल्ला बा) स्मृति पत्रकारतिा पुरस्कारको घोषणा गरेका हुन् ।
    प्रत्येक बर्षको दशै र तिहारको विचमा वितरण गर्ने सो पुरस्कारको राशि २० हजार रुपयाँ नगद रहने चम्लागाईले जानकारी दिए । पुरस्कारको व्यवस्थापन नेपाल प्रेस युनियन इलामले गर्ने जनाईएको छ । इलाममा नेपाल पत्रकार महासंघले स्थापना गरेको आशिष स्मृती पत्रकारिता पुरस्कार प्रत्येक बर्षको बैशाख १ गते प्रदान गरिने गरेको छ । पुरस्कार घोषणाले जिल्लामा बसेर पत्रकारीता गर्ने पत्रकारहरुलाई हौसला थपेको युनियनकी जिल्ला अध्यक्ष पाण्डेले बताइन् ।
    २०१५ सालको चुनावी अभियानमा प्रजातन्त्रको पक्षमा उभिएका प्रजातान्त्रिक योद्धा दुलालले नेपाली कांग्रेसको इलाम जिल्लाको सभापतिको भुमिकामा समेत काम गरेका थिए ।


    युनियनकी इलाम अध्यक्ष सविता पाण्डेको सभापतित्वमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि चम्लागाईले पत्रकारिता क्षेत्रमा अहिले पनि संकट रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश न १ का सदस्य तोयानाथ भट्टराई, पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, अग्रज पत्रकार प्रभाकर प्रधान, जीवन शर्मा, नेपाल बन पैदावार व्यवसायी संघका केन्द्रिय अध्यक्ष रोहित खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा युनियनलाई निरन्तर सहयोग गर्ने नेपाल बन पैदावार व्यवसायी संघलाई प्रंसश पत्र सहित सम्मान गरिएको थियो ।



    निगरानी संवाददाता    
  • २०७८ आश्विन २३, शनिबार १७:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP